७ बलिवुड सेलिब्रेटी जसका श्रीमतीसँगै सम्पत्ति पनि गयो

0

मलाईका र अरबाज

१९९८ मा विवाह बन्धनमा बाँधिएको जोडी हो मलाईका र अरबाजको । यो जोडी बलिवुडको उदाहरणीय जोडीको रुपमा पनि चिनिएको थियो । तर ११ मे २०१७ मा यो जोडी कानुनी रुपमै अलग भएको छ । मलाईकाले अरबाजसँग सम्बन्ध बिच्छेदको बदलामा १० करोड रुपैयाँको माग गरेकी थिईन् । मलाईकाले १० करोड भन्दा कम रकममा नमान्ने भएपछि अरबाजले १५ करोड दिने निर्णय गरेका छन् । अरबाजले मलाईकासँग सम्बन्ध बिच्छेद गर्दा एलुमनी १५ करोडसहित एक फ्ल्याट पनि दिने भएका छन् । यो भन्दा पहिले पनि केही बलिवुड सेलिब्रेटीहरुले सम्बन्ध बिच्छेद गर्ने क्रममा मोटो रकम चुकाएका छन् ।

ऋतिक रोशन

अभिनेता ऋतिक रोशनले पनि श्रीमती सुजैन खानसँग सम्बन्ध बिच्छेद गर्दा ३ सय ८० करोड एलुमनी दिएका थिए । सम्भवत सम्बन्ध बिच्छेद गर्दा सबैभन्दा धेरै रकम दिने अभिनेतामा ऋतिक पर्छन् । सन् २००० मा विवाह गरेर दुई छोराको अभिभावक बनेको यो जोडी सन् २०१४ मा एकअर्काबाट कानुनी रुपमा अलग भएको हो । एकअर्काबाट अलग भएपछि ऋतिक र सुजैन दुवैले दोस्रो विवाह भने गरेका छैनन् ।

आदित्य चोपडा

निर्माता आदित्य चोपडाले पायल खन्नासँग सम्बन्ध बिच्छेद गर्ने क्रममा एलुमनी ५० करोड भारतीय रुपैयाँ दिएका थिए । सन् २००१ मा पायलसँग पहिलो विवाह गरेका आदित्यले सन् २००९ मा उनीसँग सम्बन्ध बिच्छेद गरेर २०१४ मा अभिनेत्री रानी मुखर्जीसँग विवाह गरेका हुन् । रानी र आदित्यकी एक छोरी आदिरा छिन् ।

संजय कपूर

सन् २००३ मा विवाह बन्धनमा बाँधिएको करिश्मा कपूर र संजय कपूरको जोडी २०१६ मा कानुनी रुपमा अलग भयो । संजयले करिश्मासँग सम्बन्ध बिच्छेद गर्दा एलुमनी १४ करोड भारतीय रुपैयाँ दिएका थिए ।

सेफ अलि खान


अभिनेता सेफ अलि खानले पनि आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग प्रेम विवाह त गरे तर उनीसँग जिन्दगी बिताउन सकेनन् । १९९१ मा विवाह गरेको यो जोडी २००४ मा एकअर्काबाट कानुनी रुपमै अलग भयो । अमृतासँग सम्बन्ध बिच्छेद गर्दा सेफले ५ करोड रुपैयाँ एलुमनी दिएका थिए । अमृतासँग अलग भएपछि सेफले सन् २०१२ मा करीना कपूरसँग विवाह गरेका हुन् । सेफ र अमृताका दुई सन्तान एक छोरा एक छोरी छन् भने करीना र सेफका एक छोरा छन् ।

संजय दत्त

१९९८ मा रीया पिल्लाईसँग दोस्रो विवाह गरेका संजय दत्तले सन् २००८ मा मान्यतासँग तेस्रो विवाह गरेका हुन् । पहिलो श्रीमती ऋचाको ब्रेन ट्युमरका कारण निधन भएपछि संजयले रीयासँग दोस्रो विवाह गरेका थिए । तर उनको रीयासँगको सम्बन्ध खासै लामो समय टिकेन । १९९८ मा भएको विवाह २००५ मा डिभोर्समा परिणत भयो । संजयले रीयासँग सम्बन्ध बिच्छेद गर्दा ८ करोड भारतीय रुपैयाँ र एउटा कार दिएका थिए । संजयसँग अलग भएपछि रीयाको विवाह टेनिस प्लेयर लिएण्डर पेससँग भएको छ ।

प्रभुदेवा

४४ वर्षिय प्रभुदेवाले श्रीमती रामलतासँग सम्बन्ध बिच्छेद गरेको ६ वर्ष भईसकेको छ । सन् १९९५ मा रामलतासँग विवाह गरेका प्रभु उनीसँग अलग भएपछि अभिनेत्री नयनताराको प्रेममा परेका थिए । तर केही वर्ष पछि नयनतारासाग पनि उनी अलग भए । प्रभुले रामलतासँग सम्बन्ध बिच्छेद गर्दा २५ करोड र एउटा कार एलुमनी स्वरुप दिएका थिए ।

साभार:http://forseenetwork.com/

Share.

Leave A Reply