This is a test

७ नम्बर प्रदेश मा एमाले र कांग्रसको सिट बराबर

0

धनगढी, पुस ०८ गते ।

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले र कांग्रेसले ७ नम्बर प्रदेशमा बराबर सिट पाएका छन । आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरे अनुसार प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८÷८ सिट पाएका छन् ।

माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ । समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीन तीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved