७ नम्बर प्रदेशमा माले र माओवादीबीच एकिकरण

0

धनगढी, २१ असोज ।
७ नम्बर प्रदेशमा माले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । माओवादीको केन्द्रीय आयोजक समिति तथा ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख ओम विक्रम भाट र माले केन्द्रीय सदस्य कलशा महराबीच पार्टी एकिकरण गर्ने सम्झौता गरिएको छ । माओवादीका केन्द्रीय आयोजक समिति तथा ७ नम्वर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाटले ७ नम्बर प्रदेशमा मालेको सिंगो पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको बताउनुभयो । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माले ७ नम्बर प्रदेशका नेता कार्यकर्तालाई टिका लगाएर एकीकरण गराउने कार्यक्रम रहेको छ । ७ नम्बर प्रदेशका अन्य साना घटक पार्टीलाई समेत माओवादी केन्द्रले धुबीकरणको यात्रामा सहभागि हुन अपिल गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved