This is a test

६ लेन सडक मुद्धाको पेशी पाँचौ पटक सर्यो, घर भत्काउनेलाई भड्काउने प्रयास

0

शिबराज भट्ट, धनगढी माघ २९ गते ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको आईतवार हुने भनिएको रिट निबेदनको पेशी स्थगित भएको छ । फागुन ८ गते हुने गरी यो संगै सडक मुद्धाको पेशी पाँचौ पटक सरेको हो । यसअघि काठमाण्डौंमा शानु श्रेष्ठ सहितका ४७ जनाले हालेको यस्तै प्रकृतीको रिटमा अन्तरिम आदेश भएकाले त्यसको फैसलाको छाया प्रति पनि मोहनापुल–अत्तरिया ६ लेन सडकको मुद्धाको मिसिलमा राख्नु भन्ने आदेश भएको थियो ।

उक्त मुद्धाको फैसला लेखि नसकिएकाले पेशी पनि सरेको बताईएको छ । उक्त मुद्धामा सर्वोच्चका तीन जना न्यायाधीस केदार प्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको ईजलासले अन्तरिम आदेश जारी गरेको थियो ।

अत्तरिया मोहना छ लेन सडकको ५० मीटर सीमानाभीत्र संरचना परेका धना जोशी सहितका १३ जना घरधनीले पुष १९ गते आफुहरुका संरचनाको क्षतीपुर्ती पाउने भन्दै सर्वोच्चमा रिट हालेका छन । एक दिन सामान्य बहस बाहेक उक्त मुद्धा बारे बहस नै हुन सकेको छैन ।

काठमाण्डौंकी सानु श्रेष्ठ सहितका ४७ जनालाई मुआब्जा दिएर मात्रै सडक बनाउनु भनेर सर्वोच्चले फैसला गरेकाले त्यसैलाई नजिर मानेर फैसला आउन सक्ने अनुमान गरिन थालिएको छ । मोहनापुल–अत्तरिया छ लेन सडकको मुद्धा प्रधान न्यायाधीस गोपाल प्रसाद पराजुली सहितको ईजलासमा राखिएको छ ।

अत्तरिया–मोहनापुल सडकमा संरचना परेर मुद्धा हालेका मध्ये चार जना बाहेक अरु सबैले आफ्ना संरचना भत्काउन सुरु गरिसकेका छन । अहिले मुख्य बजारमै परेका केही संरचना हटाउने काम सुरु भएकाले छ लेन सडक निर्माणमा समस्या आएको छ ।

यस्तै सडकमा संरचना परेर पनि स्वस्फुर्त रुपमा संरचना भत्काएकाहरुलाई केही ब्यक्ति भड्काई रहेका छन । स्वस्फुर्त रुपमा घर भत्काउनेहरुको संख्या दैनिक बढदै गएपछि रिट निबेदन दिनेहरु अल्पमतमा पर्ने डरले उनीहरुई फोन गरेर सर्वोच्चले अन्तरिम आदेश दिने पक्कापक्की भएको भन्दै फोन गर्न थालेको स्वमय संरचना भत्काईरहेकाहरुले बताएका छन । उनीहरुले विकासका लागि क्षतीपुर्ती पाए झनै राम्रो तर नपाएपनि आफुहरु विकास विरोधी नहुने बताएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved