This is a test

६ लेन सडकको चौडाई घटाउने षडयन्त्र बिरुद्ध दृष्टीबिहिनहरुको प्रदर्शन

0

सिताराम ओझा, धनगढी पुस २८ गते ।

धनगढीमा मोहनापुल अत्तरिया ६ लेन सडकको चौडाई नघटाउन माग गर्दै दृष्टीबिहिनहरुले प्रदर्शन गरेका छन् । सडक चौडा भए आफनो घर फुट्ने भन्दै केहि व्यक्तीले सडकको चौडाई घटाउन माग गर्दै सर्वाेच्चमा रिट हालेका बेला दृष्टीबिहिनहरुले चौडाई नघटाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

दृष्टिविहिन युवा अर्जुन रावलको नेतृत्वमा रहेको युवा दवाव समुहमा आवद्ध दृष्टिविहीनहरुले नाराजुलुस सहित नगरपरिक्रमा गर्दै ट्राफिक चौराहमा कोणसभाको आयोजना गरेका थिए । कोणसभामा बोल्दै दृष्टीविहीन रावलले सडकको चौडाई कुनै पनि हालतमा घटाउन नहुने बताउनुभयो । उहाले चौडाई घटाउने चलखेल भए आफुहरु चुप लागेर नबस्ने बताउनुभयो । दृष्टीबिहिनको आन्दोलनमा अरु युवाहरुले पनि ऐक्यवद्धता जनाएका थिए ।

सडकको चौडाई घटाउनका लागि विभिन्न प्रयासहरु भईरहँदा कोही पनि नवोलेपछि आफुहरु सडकमा उत्रिएको अर्का दृष्टीबिहिन हरि जोशीले बताउनुभयो । राजनीतिक दलहरु र नागरिक समाजका अगुवाहरु चुप लागेर बसेको भन्दै उनिहरुले बिरोध जनाएका हुन । सर्वाच्चमा रिट परेपछि अहिले सडक मिचेर बनाईएका संरचना हटाउने कार्य रोकिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved