This is a test

६ लेन सडकको चौडाई घटाउने चलखेलप्रति स्थानीय जनप्रतिनिधिहरु पनि मौन

0

सिताराम ओझा, धनगढी पुस २७ गते ।

मोहनापुल–अत्तरीया सडकको चौडाई घटाउनका लागि सर्वोच्चमा मुद्धा हालेर संरचना भत्काउने काम रोकिदा स्थानीय जन प्रतिनिधिहरुले पनि मुख खोलेका छैनन् । ७५ फिट कायम गर्नुपर्ने पत्र नदिएका ४ वडाका वडाध्यक्ष सहितका प्रतिनिधिहरु आफ्नो क्षेत्रमा भईरहेको विकास प्रति उदासिन देखिएका हुन । संरचना भत्काउने काम रोकिएकोमा यसले विकासलाई प्रभावित पार्दा पनि वडा अध्यक्ष सहितका अन्य पदाधिकारीहरुले यस वारेमा आफ्ना धारणा व्यक्त गरेका छैनन ।

यसअघि ७५ फिट कायम हुनुपर्छ भनेर सिफारिस माग गरेकोमा त्यस्तो सिफारिस नदिएका वडाका जनप्रतिनिधिहरु अहिले निर्माण रोकिने अवस्था आउदा समेत बोलेका छैनन् । आफ्नो क्षेत्रमा भईरहेको विकास निर्माणको काममा कुनै कठिनाई आउँदा त्यसलाई सहजीकरण गर्नुको सट्टा वडा अध्यक्ष सहितका जन प्रतिनिधिहरु अहिले चुप्प छन । मोहनापुल अत्तरीया ६ लेन सडक खण्डमा समस्या सिर्जना भईरहेका वडा नम्वर २, ३, ४ र १३ का वडा अध्यक्ष सहितका जन प्रतिनिधिहरुले प्रदेश नम्वर ७ को समृद्धिसँग जोडिएको सडक निर्माण कार्यमा सहजीकरण गर्न वेवास्ता गरेका हुन ।

१३ जनाका कारणले ६ लेन सडक निर्माण कार्य रोकिन नहुने र त्यसका लागि आफुहरु पनि लाग्ने वडा नम्वर ४ का अध्यक्ष दिपक थापाले बताउनुभयो । प्रदेश नम्वर ७ का २८ लाख जनताको भविष्यसँग जोडिएको सडक निर्माण कार्यलाई प्रभावित पार्न सत्ता शक्ती र सम्पतिको प्रयोग गर्दै मुद्धा हालेर निर्माण रोक्न खोजेका १३ जना घरधनीहरुसँगै अन्य कतिपयले नाम नराखेर पर्दा पछाडिका हिरोको रोल खेलिरहेका छन ।

स्थानीय स्तरको विकास गर्छु भनेर जनतामाझ कसम खाएका जन प्रतिनिधिहरु मौन वसेपछि ६ लेन सडकमा करोडौंको सरकारी सम्पत्ती कब्जा गरेकाहरुले उनीहरुको मुखमा पनि वुजो लगाईएको हो की भन्ने आशंका हुन थालेको छ ।

तर वडा नम्वर १३ का वडा अध्यक्ष विजयराज जोशीको भने प्रदेश नम्वर ७ का २८ लाख जनताको भविष्यसँग जोडिएको ७ लेन सडक निर्माण कार्य नरोकिने बताउनुहुन्छ । रिट दिएर सडक निर्माणको काम प्रभावित पारेकाहरुको पक्षमा देखिएको धनगढी उपमहानगरपालिका पनि धेरै नगरबासीको चौडाई नघटने मत देखेर अब सडकको चौडाई नघटनुपर्ने पक्षमा आईसकेका वेला, वडा क्षेत्रमा भईरहेको विकास प्रति जन प्रतिनिधिहरुले ध्यान नदिनु दुखद हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved