५ बर्ष भित्र कुपोषण मुक्त गर्ने प्रतिवद्धता

0

शिवराज खत्री, मंगलसेन २६ असोज ।

समाजमा भुसको आगोको रुपमा रहेको कुपोषण अत्य गरी स्वस्थ समाज निर्माणका लागि अछामका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । बालबालिकामा कुपोषणको दल उच्च रहेको अछाममा अबको ५ बर्ष भित्र आफ्नो गाउँ समाजलाई कुपोषण मुक्त बनाउने लिखित प्रतिवद्धता जनाउदै जन प्रतिनिधिहरुले कुपोषण हटाउने बिषयलाई उच्च प्राथमिकतामा राखेर बजेट समेत विनियोजन गरेका छन् । कुपोषणका सूचकहरु जस्तै उमेर अनुसारको तौल, उमेर अनुसारको उचाई तथा उचाई अनुसारको तौलमा निकै कम्जोर अवस्था रहेको अछाममा ५ बर्ष भित्र सबै स्थानीय तहलाई कुपोषण मुक्त बनाउने १० वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिवद्धता जनाएका हुन् । चार वटा नगरपालिका र छ वटा गाउपालिकाका जनप्रतिनिधिहरुले सरकारबाट बहुक्षेत्रीय पोषण योजनाका लागि आउने नियमित बजेटवाहेक आफ्नै पुँजिगत खर्चबाट समेत कुपोषण अन्त्यका लागि बजेट बिनियोजन गरेका छन् । पोषणको अवस्थामा सुधार ल्याउनका लागि बिषेशज्ञबाट कार्यक्रम तयार गरी प्रभावकारी रुपमा कार्य गर्ने प्रतिवद्धता जनाउदै जनप्रतिनिधिहरुले निःशुल्क तथा गुणस्तरीय उपचारका लागि प्रत्येक वडामा स्वास्थ्यचौकी र १५ शैयाको अस्पतालको स्थापना गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चता गर्र्ने, ३५ दिन भित्र जन्मदर्ता गर्न आउने सुत्केरी आमालाई पोषण भत्ता प्रदान गर्ने, प्रतिवद्धता जनाएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved