This is a test

५ जिल्लाका विद्यालय बन्द

0

धनगढी, मंसिर १८ गते ।
दोस्रो चरणको चुनाव हुन लागेको प्रदेश ७ का ५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो । अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएको छ ।
धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको थियो । दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved