५५ दिने म्यादी प्रहरीको जागीरमा भर्ना हुन तछाडमछाड

0

नवराज पनेरु, धनगढी २७ असोज ।

सरकारले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि झण्डै एक लाख म्यादी प्रहरीको भर्ना खोलेपछि कैलालीका युवाहरु, ५५ दिने जागीरका लागी तछाडमछाड गरीरहेका छन् । म्यादी प्रहरी बन्नका लागि मंगलवारदेखि असोज ३० गते सम्म दरखास्त दिन सकिने समय तोकीएसंगै दरखास्त दिने युवाहरुको भिडभाड बढेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीमा विहीवार पनि म्यादी प्रहरीमा भर्नाका लागी दरखास्त दिने युवाहरुको थेगी नसक्नु भिड थियो ।

सरकारले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेसंगै जिल्ला प्रहरी कार्यालय कैलालीमा युवाहरुको भिड लागेको हो । बढ्दो बेरोजगारीबाट पीडित बन्दै आएका युवालाई म्यादी प्रहरीको भर्ना खुले संगै राहत मिलेको छ । अघिल्लो पटक भएको संबिधान सभाको निर्वाचन, स्थानीय तहको निर्वाचनका बेला पनि कैलालीमा म्यादी प्रहरीमा भर्ना हुन आउनेहरुको घुईचो लागेको थियो । तर यसपटकको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुन आउनेहरुको भिड अझ बढेको छ ।

चर्को घाममा घण्टौं लाईन बसेर जिल्ला प्रहरी कार्यालय कैलालीको परिसर बाहीर, युवायुवतीहरु म्यादी प्रहरीका लागि आवेदन दिइरहेका छन् । म्यादी प्रहरीमा सबैभन्दा बढी राना, चौधरी र युवतीहरुको आकर्षण देखीएको छ । रोजगारीको अवसर नपाएर फुर्सदीलो दैनीकी विताईरहेका बेला ५५ दिनको जागीर पनि ठुलो अवसर बनेको म्यादी प्रहरीमा भर्ना हुन आउनुभएका रमेश चौधरीले बताउनुभयो । तर ५५ दिनको जागीर पछि फेरी रोजगारीका लागी भौतारीनुपर्ने समस्या आउनेमा भने उनिहरु ढुक्क छन् ।

धेरै बेरोजगारीको पिडालाई भुल्न म्यादीमा भर्ना हुन ईच्छुक देखीएपनि कतिपयले भने सुरक्षा निकायमा सरकारी जागीरे बन्नका लागी अनुभव लिन पनि म्यादीमा दरखास्त दिन आएको बताएका छन् । अहीले जिल्ला प्रहरी कार्यालय कैलालीमा दैनीक झण्डै १ हजार युवाहरु म्यादी प्रहरीमा भर्ना हुन निवेदन दर्ता गराईरहेका छन । १८ बर्ष पूरा भइ ५४ बर्ष ननाघेकोले म्यादी प्रहरी बन्न् पाउने छन् ।

म्यादी प्रहरीका लागि ५५ दिनको तलव, दैनिक विशेष भत्ताको व्यबस्था गरिएको छ । कार्तीक १० गते सम्म म्यादी प्रहरीको छनौट सम्पन्न गरीसक्नुपर्ने छ । कैलालीमा आवश्यक म्यादी प्रहरीको अहिले नै यकिन तथ्याङ नबनाइएपनि स्थानीय तहको चुनावकै हाराहारीमा म्यादी प्रहरी खटाईने कैलालीका प्रहरी नायव उपरिक्षक विर वहादुर बुढामगरले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved