१७ हजार किलोग्राम बिउँ अनुदानमा बितरण

0

दार्चुला, ०२ जेठ ।

जिल्ला कृषि बिकास कार्यालय दार्चुलाबाट बर्षेबाली अन्तरगत १६ हजार ७ सय किलोग्राम बिउँ अनुदानमा बितरण गरिएको छ । मुख्यतया मकै, धान र अदुवाको बिउँ अनुदानमा बितरण गरीएको हो ।

मकै र धानमा मुल बिउँ तथा उन्नत जातको बिउ मागको आधारमा बितरण गरीएको जिल्ला कृषि बिकास कार्यालय दार्चुलाले जनाएको छ । नयाँ बिउ उत्पादन गर्नको लागी १ हजार ४ सय ८० किलोग्राम मकैको मुल बिउँ र उन्नत जातको ८ हजार २ सय किलोग्राम मकैको बिउँ बितरण गरीएको छ ।

यस्तै ७ सय २० किलोग्राम धानको मुल बिउँ र १ हजार ३ सय उन्नत जातको धानको बिउँ बितरण भएको छ । भने ५ हजार किलोग्राम अदुवाको बिउँ बितरण गरीएको जिल्ला कृषि बिकास कार्यलय दार्चुलाका बागबानी बिकास अधिकृत एवं सूचना अधिकारी डम्बर भाटले जानकारी दिनुभयो ।

मकैको मुल बिउँ ७५ प्रतिशत अनुदानमा र उन्नत जातको मकै, धानको मुल बिउँ र उन्नत जातको बिउ र अदुवाको बिउँ ५० प्रतिषत अनुदानमा किसानहरुलाइ बितरण गरीएको हो ।

दार्चुला जिल्लाको हावापानी अनुकुल हुने मकैमा मनकामना ३ र देउति जातको बिउँ बितरण गरीएको र धानमा खुमल ४, खुमल १० र सुख्खा ३ जातको बिउँ बितरण गरीएको भाटले बताउँनुभयो । बिगत बर्षहरुको तुलनामा उन्नतजातको बिउँ प्रयोगमा जिल्लाभरी आकर्षण देखीएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

Share.

Leave A Reply