This is a test

१५ प्रतिसतमात्रै कर घटाएको भन्दै नगर प्रमुखको आलोचना

0

सीताराम ओझा, धनगढी २२ साउन ।

१५ वर्षपछि जनप्रनितिधि निर्वाचित भएपछि भएको धनगढी उपमहानगरपालिको नगर सभाले हजारौ गुणाले वढाईएको एकिकृत सम्पत्ति कर १५ प्रतिशत घटाएर झारो टार्ने काम गरेको नगरवासीहरुले आरोप लगाएका छन ।चुनावका वेला कर घटाउने आश्वासन दिएका निर्वाचित जनप्रतिनिधिहरुले हास्यास्पद काम गरेको भन्दै मतदाता र नगरवासीहरु निरास भएका छन ।  खेतीयोग्य जमीन, औधोगिक क्षेत्र, वजार क्षेत्र लगायत वस्तुस्थिति हेरेर वैज्ञानिक कर प्रणाली निर्धारण गर्न लामो समयदेखि आवाज उठाईरहेका नगरवासीहरु, १५ प्रतिसत कर घटाउने घोषणा प्रति सन्तुष्ट नदेखिएका हुन ।

उनीहरुले लाखौंका हिसावले बढाईएको जग्गाको मुल्यांकनमा कर भने १५ प्रतिसतले कम हुनु कुनै ठुलो परिवर्तन नभएको बताएका छन । धनगढी उपमहानगरपालिका मेयर नेपवहादुर ओडले चुनावमा आफै कर घटाउँछु भनेर ठाउँ ठाउँमा भोट माग्नु भएको थियो । त्यही अनुसार उहाँले कर घटाएर वाचा पुरा गरे पनि नगरबासीले यसले आफुहरुलाई खासै राहत महसुस नभएको बताएका छन । विभिन्न महत्वाकांक्षी योजनाहरुका विचमा आम नगरवासीहरुको चासोको विषय वनेको एकिकृत सम्पति कर घटाएको जस्तोगर्दै ओडले आफ्नो वचाउ गर्नुभएको भन्दै नगरवासीहरुले आलोचना गरेका छन ।

उनीहरुले आफुहरुलाई लोकप्रियताका लागि घटाईएको करले कुनै पनि फरक नपार्ने बताएका छन । चुनावताका बढेको एकीकृत सम्पत्ती करले, नगरवासीहरुको ढाड सेकिएको भन्दै घटाउने आश्वासन दिएर भोट मागेको र आफुहरुले पनि भोग्दै आएका समस्या समाधान हुन्छ भन्ने आशामा भोट दिएको भएपनि जनमतको कदर निर्वाचित जन प्रतिनिधिले नगरेकोमा नगरवासीहरु निराश भएका छन । अर्थशास्थका जानकार शिवहरी मुडभरीलाई पनि पनि यो कर घटाउनुमा खुशी हुने कुनै कारण नभएको बताउनुभयो ।

नगरवासीहरु मात्रै विभिन्न राननितिक दलहरुका प्रतिनिधीहरुलाई प्रथम नगर सभाको उद्घाटन सभामा मन्तव्य राख्न दिईएको थियो । उनीहरुले पनि एकिकृत सम्पत्ति करको विषयमा विरोध जनाएका थिए । काग्रेंसको तर्फवाट मेयर वन्नुभएका नृप ओडको निर्णयको पार्टीकै जिल्ला सचिव पुर्ण कुँवरले कार्यक्रमको उद्घाटन सत्रमै आफ्नो मन्तव्यको क्रममा विरोध गर्नुभयो । १५ प्रतिशत कर घटाउन नघटाउनुको कुनै औचित्य नभएको नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता रमेश भट्टराईले बताउनुभयो ।

यस्तै उप–महानगरपालीकाको प्रथम नगरसभा अधिवेशनमा विभीन्न व्यक्तिलाई सम्मान पनि गरीएको छ । समाजसेवा तर्फ महत्वपुर्ण योगदान पुगाएको भन्दै बद्रिनाथ भण्डारी, जनक गिरी र बाजी आउजीलाई सम्मान गरीएको छ । यस्तै स्वास्थ्य क्षेत्रमा डाक्टर गणेश वहादुर सिह, उत्कृष्ठ करदतामा देवेन्द्र हमाल, मायाप्रकाश भट्ट र साल्ट्र ट्रेडीङ कर्पोरेसनलाई सम्मान गरीएको छ । मनकामना युवा क्लव शौचालय निर्माण उपभोक्ता समितीलाई पनि राम्रो काम गरेको भन्दै सम्मान गरीएको छ भने उप–महानगरपालीकाका खरीदारद्धय राजेन्द्र विक र सरस्वती धामीलाई पनि सम्मान गरीएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved