११ सुत्रिय अधिकार पत्र जारी गर्दै दुई दिने राष्ट्रिय राजनितिक सम्मेलन सम्पन्न

0

सन्तोष रावत, धनगढी २६ भदौ ।

११ सुत्रिय अधिकार पत्र जारी गर्दै दुई दिने थरुहट आन्दोलन सम्बन्धी राष्ट्रिय राजीनतिक सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले थारुहरुका ११ वटा अधिकारहरु सार्वजनिक गरेका छन । यस्तै सम्मेलनले सयुक्त थारु राष्ट्रिय मोर्चा केन्द्रीय समन्वय समिती समेत गठन गरेको छ । सप्तरीका श्रवण थारुको संयोजकत्वमा ११ सदस्यीय केन्द्रिय समुन्वय समिति गठन गरेको हो ।

समितिमा कैलालीबाट रामप्रसाद थारु, कृष्णकुमार चौधरी, शुसीला चौधरी, खडकबहादुर चौधरी, सुनसरीबाट रमेश चौधरी, कञ्चनपुरबाट प्रेमवती राना, चितवनबाट विस्राम महतो, सप्तरीबाट सीएन थारु, र दाङबाट प्रकाश चौधरीलाई केन्द्रीय समन्वय समितीको समदस्यमा चयन गरिएको छ । नवगठीत समितीले थरुहट आन्दोलन लाई नयाँ कार्यदिसा अनुसार अगाडी बढाउने निणर्य समेत गरेको छ ।

१० बर्षसम्म बिभिन्न चरणमा थरुहट आन्दोलनको नेतृत्व गरेकाहरुले सहि कार्यदिशा दिन नसकेको आरोप लगाउदै आन्दोलनको नयाँ रणनिति बनाउन सम्मेलन गरिएको हो । सम्मेलनले टीकापुर घटनाका दोषिहरुको रिहाई, आत्मनिर्णयको अधिकार सहितको स्वायत्तता र स्वसासनको ग्यारेन्टी, पहिचान सहितको १० जोड १ संघीय संरचनालाई कार्यान्वयन गराउने, स्थानीय तहका विषेश क्षेत्र, स्वायत्त क्षेत्र तथा संरक्ष्ँित क्षेत्रको किटान गर्दा जिल्लाको मान्यता भन्दा अलग गर्नुपर्ने माग पनि गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved