This is a test

१० किलो चरेस सहित एक जना पक्राउ

0

धनगढी, २८ साउन ।

सुदूरपश्चिम प्रहरीको क्षेत्रीय अनुसन्धान समूहले दशकिलो चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । क्षेत्रीय अनुसन्धान समूह आरआईटीले कैलालीको गौरीगंगा नगरपालिका १८ बस्ने अमर बहादुर बोहराको घर नजिकै बाट १० किलो चरेश बरामद गरेको हो । विशेष सुराकीको आधारमा आरआईटीको समूहले चरशे बरामद गरेको आरआईटी सुदूरपश्चिम समूहले जनाएको छ ।

प्रहरीको आरआईटी समूहले पछिल्ला समयमा लागुऔषध नियन्त्रण, गम्भिर प्रकृतिका अपराधमा अदालतले दोषि ठहर गरि फरार रहेका अपराधि लगायतलाई पक्राउ गर्ने काममा आफ्नो सक्रियता बढाउदै लगेको छ । विशेष सुराकीको आधारमा १० किलो चरेश सहित निज व्यक्तिलाई पक्राउ गरिएको आरआईटी सुदूरपश्चिम समूहले जनाएको छ । यस्तै प्रहरीले केहिदिन अघि एकसय ग्राम चरेश सहित गौरीगंगा नगरपालिका ५ बस्ने लालबहादुर साउँदलाई समेत पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली बुझाईएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ्ग सहितका अन्य जिल्लाहरुबाट चरेशको ओसार पसार तराईका जिल्लाहरुमा हुने र यहाँबाट भारततर्फ पु¥याउने गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved