हुलाकी राजमार्गका अधुरा पुलको निर्माण अन्यौलमा

0

धनगढी, ०३ जेठ ।

फाईल फोटो

राष्ट्रिय गौरवको आयोजना, हुलाकी राजमार्ग निर्माण पुरा नहुदै सरकारले तामझामका साथ औपचारीक कार्यक्रम गरी उद्घाटन गरीसकेको छ । तर कैलालीमा रहेको हुलाकी रामार्गमा अन्तरगत धनगढी–सत्ती सडकखण्डमा पर्ने ११ वटा पुल मध्ये अझै ६ वटा पुलको निर्माण पुरा भएको छैन । ठेकदारको कमजोरी, निर्माण सामाग्रीको अभाव र कहिलेकाँही स्थानीयको विवादका कारण यसबर्ष पनि ति पुलको निर्माण नसकीने पक्का भएको छ ।

हुलाकी राजमार्गको सम्झौतामै सडकभरी पर्ने नदीमा पुलका योजनाहरु नेपाल सरकारले बनाउने र कलभर्ट भारतीय कम्पनीले बनाउने सहमति भएको थियो तर पुलको ठेक्का भएर सम्झौता भएको एकबर्ष भन्दा बढि समय वितीसक्दा समेत पुलको निर्माणको कामले गति लिन सकेको छैन् । हुलाकी रामार्गमा रहेका निर्माणाधीन पुलहरु मध्ये धनगढी उप–महानगरपालीकाको मनेहरा जङगलमा रहेको कानी नालामा बन्ने १५ मिटरको पुल र कनरी प्रहरी चौकी नजिकको खोलामा रहेको २२ मिटर लम्वाईको पुलको काम बढि भएको छ ।

अन्य हसुलीया बजार पुग्न अघि आउने सुर्मा नालाको ३३ मिटरको पुल, पवेरामण्डी नजिकको नालामा २२ मिटर, कटनी नदिमा ६८ मिटरको पुल र कान्द्रा नदिमा एक सय मिटरको पुल निर्माणमा निकै ढिलाई भईरहेको छ । अधिकासं पुल निर्माणका योजनाको ठेक्का सम्झौतामा २०६७÷०६८ र २०६९÷०७० देखी निर्माण कार्य सुरु गर्ने उल्लेख छ । तर ठेकेदारले समयमै निर्माण सुरु गर्न सकेनन भने निर्माणाधीन अवस्थाका पनि पुल निर्माणले गति लिन सकेन ।

पवेरामण्डी नजिकको नालामा बन्ने २२ मिटरको पुलको त अहिले सम्म कामै सुरु हुन सकेको छैन् । पुल धेरै उचाईमा भएको भन्दै स्थानीयले पुल निर्माण गर्न दिएका छैनन् । निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजना अन्तरगत कैलालीको धनगढी–सत्ती सडक खण्डमा ६ वटा पुलको निर्माणले गति लिन नसकेपनि अवको एक बर्ष भित्रै सबै पुलको निर्माण सम्पन्न हुने दावी हुलाकी राजमार्ग आयोजनाको छ ।

असार मसान्त भित्रै २ वटा पुलको लगभग काम सकिने र अन्य ४ वटा पुलको निर्माण एक बर्ष भित्रै सकिने हुलाकी राजमार्ग योजनाका योजना प्रमुख तुरुन्त मण्डलले बताउनुभयो । विभीन्न ६ वटा नदि र खोलामा पुल निर्माण नभएपछि फुलवारी, हसुलीया, गदरीया, बसौटी, रतनपुर र पवेरा लगायतका गावीसका स्थानीय बासीन्दाले बर्षातमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

Share.

Leave A Reply