This is a test

हिरासतमै बुवाको काज किरिया

0

लोकेश साउद, बैतडी मंसिर ०७ गते ।
बुवाको किरियामा बसेका नेकपा माओबादी बिप्लव समुहका बैतडी ईन्चार्ज धर्मानन्द जोशीले आफ्ना वुवाको १३ औं पुण्यतिथीको काज किरीया हिरासतमै गर्नुभएको छ । डिलाशैनी गाउँपलिका रुद्रेश्वरका जोशीलाई प्रहरीले किरिया बासेकै अवस्थाबाट पक्राउ गरपछि बुधवार प्रहरी हिरासतमै बाह्मण बोलाएर काज किरिया गर्नुभएको हो । प्रहरीलाई बुवाको १३ औ पुण्यतिथीपछि आफै जिल्ला प्रहरी कार्यालयमा हजिर हुने बताए पनि पक्राउ गरेकाले हिरासतमै काजकिरिया गर्नुपरेको जोशीले बताउनुभयो । उहालाई प्रहरीले थुनुवा कोठामा आफै खाना पकाएर खाने ब्यवस्था मिलाई दिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved