This is a test

हिम बहादुर बोहरालाई बचाउन आग्रह

0

दीपक जोशी, धनगढी पुस २४ गते ।

दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोषादमा पुगेका छन । दुई महिना भित्र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपनि रकम अभावमा उहाँको उपचार हुन सकिरहेको छैन । चिकित्सकले जसरी पनि दुई महिनाभित्रै मृगौला प्रत्यारोपण गर्ने सल्लाह दिएका छन । तर आर्थिक अवस्था कमजोर भएका कारण हिमको उपचार गर्न नसकेपछि परिवार बिचल्लीमा परेको छ । २१ बर्षिय बोहरा हाल उपचारका लागि काठमाडौमा छन ।

उनको मृगौला प्रत्यारोपणका लागि कम्तीमा ५ लाख रकम लाग्ने डाक्टरहरुले बताएपछि आफन्तहरुले काठमाडौ र धनगढीमा सहयोग रकम संकलन गरिरहेका छन । हिम बचाउ अभियानका संयोजक शुरेन्द्र बोहराले सक्दो आर्थिक सहयोग गरी उनको जीवन बचाई दिन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved