This is a test

हराउदै देउडा संगितमा सक्रिय कलाकार

0

नवराज पनेरु, धनगढी २३ असोज ।

देउडा भन्नाको साथ सबैको मुख मुखमा झुण्डीने एउटै बोलको गीत हो झ्याम्म झ्याम्म । यहि चर्चित गीतका सर्जक गायक नन्दकृष्ण जोशीले देउडाका पारखीहरुलाई नयाँ गितको स्वाद नचखाएको यो फागुनमा एक दशक पुग्दैछ । कुनैपनि मञ्चमा जोशीको परिचय देउडा गायकबाटै हुन्छ तर गीत गाउन सुरु गर्नुभन्दा पहिला देखिको राजनितीको नशाले जोशीलाई आजसम्म छोडेको छैन । देशको राजनीतीमा जस्तो अस्थीरता छ त्यस्तै अस्थीरता उहाँको कलाकारीतामा पनि देखीएपछि दशक सम्म पनि उहाँको नयाँ गित बजारमा आउन सकेको छैन । देउडा संगितको यहाँ सम्मको यात्राका अनवरत यात्री गायक तथा गितकार नरेन्द्रराज रेग्मी पनि हुन् । थुप्रै चर्चीत गित गाईसक्नुभएका रेग्मीलाई पनि नयाँ देउडा गित बजारमा नल्याएको ५ बर्ष भन्दा बढि भईसकेको छ । जस्ले गर्दा विभीन्न मेला, महोत्सव र साङगीतीक मञ्चमा रेग्मीले दशकौ पहिले गाएका गितहरुका साहरा लिनुपरेको हुन्छ । देउडा कलाकारलाई गित गाएरै जिवीका चलाउने आधार गुमीसकेकाले नयाँ गित ल्याउने आँट गर्न नसकीएको गायक रेग्मीले बताउनुभयो । नन्दकृष्ण जोशी र नरेन्द्र राज रेग्मी मात्रै होईन कला, गला, र साधनाले खारिएका देउडाका पुराना संगीतकर्मी समेत अहिले झट्ट गीत निकाल्ने जाँगर गर्दैनन् । भोजराज भट्ट, राजाराम भाट, अन्तराम विष्ट, टेकराज अवस्थी, यज्ञराज उपाध्याय, भुवन दहाल, हरीना साउद, डिग्रादेवी गाईने, लाल वहादुर थापा लगायतका कलाकारहरुले नयाँ गित नल्याएको बर्षाै वितीसकेको छ । यहि क्षेत्रमा सक्रिय रहेका पुराना देउडा का संगितकर्मीहरुले पनि बर्षमा एक, दुई वटा भन्दा बढि गित ल्याउन सकेका छैनन् । पुराना कलाकारहरुले देउडा गित ल्याउनै छोडेपछि सबैभन्दा बढि पुस्तान्तरणमा समस्या देखीएको छ । नयाँ पुस्ताका कलाकारहरु आफ्नै शैलीमा देउडा गित निकालीरहेका छन् । हुन त अहिलेका गीतसंगीतले मर्म नबोकेकाले त्यो भीडमा पस्न मन नलागेको तर्क गर्ने पुराना कलाकारको पनि कमी छैन् । तर उहाँहरुकै भाषामा, मर्म सहितका गित निकाल्ने आँट भने धेरै कलाकारहरुले गर्न सकेका छैनन् । कोही कलाकारहरुले पेशा फेरेका छन् त फुर्सदमा बसेका पुराना श्रष्टाहरुले पनि सिर्जना समेत नगरी रित्तो हात दिन कटाउँदै छन् । देउडा संगितको जग हालेका कलाकारहरु नै पेशाबाट पलाएन भएपछि युवा पुस्ताहरु जो, देउडा नाम दिएर आधुनिक र पप शैलीमा गित निकाल्दै छन् उनिहरु पनि अभिभावक विहीन जस्तै भएका छन् । आधुनीक र पप शैलीमा देउडा गित ल्याएर देउडाको शाख त जोगीएको छ तर त्यस्ले देउडा संगितलाई न्याय नगर्ने भएकाले पुराना कलाकारहरुले फेरी साङगीतीक यात्रामा अभिभावकको भुमीका निभाउनपर्ने गायीका पुष्पा बोहराले बतानउुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved