This is a test

बजेट अभाव भएपछि छ लेन सडकमा पर्ने विद्युत र खानेपानीको लाईन सार्न अन्यौलता

0

नवराज पनेरु, धनगढी २५ असोज ।

अत्तरिया–मोहना छ लेन सडकमा पर्ने विद्युत र खानेपानीको लाईन सार्न, स्विकृत बजेट भन्दा बढी खर्च लाग्ने स्टीमेट तयार पारीएपछि लाईन सार्ने कार्यमा अन्यौलता देखिएको छ । नेपाल विद्युत प्राधीकरणले ५ करोड ७० लाख र नेपाल खानेपानी संस्थान धनगढीले एक करोड ७० लाखको स्टीमेट तयार पारेर आयोजना कार्यालयलाई बुझाएका छन् ।

यस्तै सबैभन्दा चुनौतीको रुपमा हेरीएको अत्तरीयामा रहेको एक सय ३२ केभीएको टावर सार्नका लागि एक करोड लागत लाग्ने अनुमान गरिएको छ । स्टीमेट अनुसार ८ करोड ४० लाख बजेट आवश्यक रहेपनि आयोजनालाई भने प्रति ठेक्का २÷२ करोडका दरले तिन ठेक्काको ६ करोड बजेट मात्रै विद्युत, खानेपानीको लाईन विस्तारका लागि छुट्याईएको मोहनापुल–अत्तरीया सडक योजना कार्यालयका प्रमुख नविनमान श्रेष्ठले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले अत्तरीया–मोहना ६ लेन सडकको वरिपरि रहेका पोलहरु हटाउनका लागी लागत स्टमेट तयार पारेर आयोजना कार्यालयलाई धेरै पहिले नै वुझाईसकेको छ । ठेक्का सम्झौतामा विद्युतका पोलहरु हटाउने काम पनि निर्माण व्यवसायीले नै गर्ने उल्लेख गरीएको छ ।

मोहनापुलदेखी अत्तरीया सम्म झण्डै साढे १४ किलोमिटर क्षेत्रमा विद्युतको सम्पुर्ण नयाँ लाईन विस्तार गरीने छ । नयाँ लाईन विस्तार गरीसकेपछि मात्रै पुरानो लाईनलाई हटाईने भएकाले पुरानो पोल र तार कुनै पनि काम लाग्ने छैन् । तर पनि लागत घटाउने प्रयास भईरहेको नेपाल विद्युत प्राधीकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले बताउनुभयो । खानेपानी सस्थानले पनि लाईन सार्नका लागी एक करोड ७० लाख लागतको स्टमेड योजना कार्यालयलाई बुझाई सकेको छ ।

तर लागत बढि भएको भन्दै लाईन सार्ने काम भने अहिले सम्म सुरु भएको छैन् । नेपाल टेलीकमले पनि लाईन सार्नका लागी लामो समयदेखी प्रक्रिया अगाडी बढाईसकेको जनाउदै आएको छ । नाफामुलक भएकाले, टेलीकमले आफ्नै लगानीमा लाईन सार्नु पर्नेछ । तत्काल निर्माणमा अवरोध भएको स्थानमा आयोजना कार्यालयको आग्रहमा समन्वय गरेर निर्माणमा सहजता गरीरहेको र अन्डरग्राउण्ड लाईन विस्तारका लागि भने टेण्डरको तयारी भईरहेको टेलीकमले जनाएको छ ।

त्यसका लागि डिजाईन स्टमेट तयार भईसकेको छ । ६ लेनको सडक अन्तरगत निर्माण गरिने पेटीमा टेलिकमको लाईन विस्तार गरीने नेपाल टेलीकम क्षेत्रीय निर्देशनालय अत्तरीयाका निर्देशक बुद्धकृष्ण मानन्धरले बताउनुभयो । आयोजनाले ६ लेन सडकको आफैले सर्भे गर्दा र संयुक्त सर्भे गर्दा समेत हेक्का नराखीएको अत्तरीयामा रहेको एक सय ३२ केभीएको मुख्य टावर सार्न पर्ने देखीएको छ । एक सय ३२ केभीएको टावर भएर राष्ट्रीय प्रशारण लाईन जोडीएकाले उक्त टावर सार्न झण्डै एक करोड लाग्ने अनुमान त गरीएको छ तर त्यो टावर सार्न सबैभन्दा ठुलो चुनौती हुने देखीएको छ ।

राष्ट्रीय प्रशारण लाईनमा जोडीएको टावर सार्नु निकै चुनौतीपुर्ण रहेको विद्युत प्राधीकरणले पनि जनाएको छ । यता आयोजना कार्यालय भने अपुग बजेटको व्यवस्थापनका लागी प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल अहिले जिल्ला बाहीर रहेकाले समन्वयका लागी उहाँको पखाईमा छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved