This is a test

स्वास्थ्य बिमा कार्यक्रमका लागि दर्ता सहयोगीहरु नै नआउने गरेको गुनासो

0

दीपक जोशी, धनगढी माघ १३ गते ।

कैलालीमा सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमका लागि दर्ता सहयोगीहरु नै नआएको स्थानिय वासिन्दाले गुनासो गरेका छन । आफुहरु स्वास्थ्य बीमा गर्न तयार रहेपनि दर्ता गराउन कोहि नआएको उनिहरुको भनाई छ । कैलालीमा स्वास्थ्य बीमाका लागि काम गरिरहेको स्वास्थ्य बिमा बोर्डले १० प्रतिसत कमिसन दिएर जिल्ला भरी ९७ जना दर्ता सहयोगीहरु खटाएको छ । तर उनिहरु जनता समक्ष नपुग्दा स्वास्थ्य बिमामा आवद्ध हुन नपाएको स्थानिय वासिन्दाको गुनासो छ ।

बार्षिक २५ सय रकम तिरेर ५ जनाको परिवारले ५० हजार बराबरको उपचार सेवा पाउने स्वास्थ्य बिमाको सरकारी कार्यक्रमबारे कैलालीका धेरै जनताले थाहा नै नपाएको प्रतिक्रिया दिएका छन भने थाहा पाएकाहरुले पनि आफ्नो गाउठाउमा दर्ता गराउन कोहि नआएको बताएका छन ।

कैलालीमा २०७२ सालको फागुनबाट स्वासथ्य बिमा कार्यक्रम सुरु भएको थियो । यो कार्यक्रममा सबै जनतालाई आवद्ध गराउन भन्दै स्वासथ्य बिमा बोर्डले जिल्लाभरी ९७ जना दर्ता सहयोगीहरुलाई कमिसन रकम दिने गरी दर्ता गराउन खटाएको थियो । तर कार्यक्रम लागु भएको २ बर्षसम्म पनि आफ्नो गाउघरमा स्वास्थ्य बिमा दर्ता गराउन कोहि नआएको स्थानिय सर्वसाधारणहरुको भनाई छ ।

धनगढीको मटियारीका मुकेश धामीले पत्रपत्रीकामा स्वास्थ्य विमा भन्ने सुनेको भएपनि कार्यक्रमका लागि दर्ता सहयोगीहरु नै नआएको बताउनुभयो । कार्यक्रम सुरु भएको डेढ बर्षमा कैलालीमा जम्मा १४ हजार मानिस मात्रै स्वास्थ्य बिमामा आबद्ध भएका छन । त्यसमा पनि सुरुको बर्ष झण्डै ९ हजार जना स्वास्थ्य बिमामा आवद्ध भएपनि उनिहरु मध्येका ३ हजार जनाले मात्रै बीमा नविकरण गरेका छन ।

यसले एकातिर स्वासथ्य संस्थामा उपचार राम्रो नपाएको कुराले प्रभाव पारेको हो भने अर्काेतिर नविकरणका लागि पनि दर्ता सहयोगीहरु नपुगेको देखिन्छ । तर अब दर्ता हुने क्रम बढाउन दर्ता सहयोगीहरुको संख्या पनि बढाउने प्रक्रिया सुरु भईसकेको स्वासथ्य बिमा बोर्ड धनगढीका प्रमुख नरेश चौधरीले बताउनुभयो । स्वास्थ्य बीमा गराएका ब्यक्तिले सूचीकृत गरिएका सरकारी अस्पतालहरुबाट बर्षमा ५० हजार बराबरको स्वास्थ्य सेवा निशुल्क पाउछन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved