स्ववीयु चुनाव जेठ ९ गते गर्ने निर्णय

0

धनगढी जेठ ०४

उच्च अदालतको आदेशपछि कैलाली वहुमुखी क्याम्पसको स्ववियु चुनाव जेठ ९ गते गर्ने निर्णय भएको छ । बिहीवार कैलाली वहुमुखी क्याम्पसको निर्वाचन समितीको बैठकले जेठ ९ गते स्ववीयु चुनाव गर्ने निर्णय गरेको हो । जेठ ९ गते विहान ८ बजेदेखी साझ ७ बजे सम्म मतदान हुने निर्वाचन समितीले जनाएको छ ।

क्याम्पसमा फागुन २२ गते नै स्ववियु चुनावका लागी सम्पुर्ण तयारी भएपनि विभीन्न विद्यार्थी संगठनको विरोधका कारण स्थगीत भएको थियो । विद्यार्थीहरुले क्याम्पसमा स्ववियू चुनाव गराई पाउ“ भनी चैत २४ गते रिट दायर गरेपछि वैशाख २४ गते उच्च अदालत दिपायलले विद्यार्थीको पक्षमा निर्णय गरेको थियो ।

अदालतले असारभित्र क्याम्पसको चुनाव गर्न आदेश दिएपनि जेठ १२ पछि क्याम्पसमा विदा हुने र स्थानीय तहको चुनाव पनि भएकाले जेठ ९ गते गर्ने निर्णय भएको कैलाली वहुमुखी क्याम्पसले जनाएको छ । कैलाली वहुमुखी क्याम्पसमा ४ हजार ५० विद्यार्थीले मत हाल्न पाउने छन् । मतदानको मिती र समय निर्धारण भएसंगै निर्वाचन समितीले पनि चुनावीको तयारी सुरु गरेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved