This is a test

स्वतन्त्रता सेनानीले स्थापना गरेको धनगढीको पञ्चोदय माबिको यस्तो ईतिहास

0

दीपक जोशी, धनगढी फागुन ११ गते ।

२ हजार ७ सालको क्रान्तीमा स्वतन्त्रत्रा सेनानीको उपाधी पाएका व्यक्तीहरुले स्थापना गरेको धनगढीको पञ्चोदय माध्यामिक बिद्यालयले आफ्नो ५२ औ बार्षिकोत्सव मनाएको छ । स्वतन्त्रत्रा सेनानीको उपाधी पाएका धनगढीका शेर बहादुर साही, जानकी बिक्रम ज्ञवाली र जनकलाल कर्माचार्यले २००८ सालमा हाल धनगढीको नैनादेवी मन्दिर रहेको स्थानमा आजाद मेडेल स्कुल खोलेका थिए।

२०१७ सालको राजनितिक परिवर्तनपछि भने तत्कालीन शासकले उक्त बिद्यालयको नाम आजादबाट हटाई त्रिनगर अपर प्राईमरी स्कुल राखेका थिए। आजाद मेडेल स्कुलका नामले खोलीएको बिद्यालयको नाम क्रान्तीकारी धारको रहेको भन्दै तत्कालीन शासकहरुले र्फेन लगाएका बताईन्छ।

त्यसपछि हालको त्रिनगर माध्यामिक बिद्यालय त्रिनगर प्राईमरी स्कुल र हालको पञ्चोदय माबि त्रिनगर अपर प्राईमरी स्कुलका नामले हालको त्रिनगर रहेकै स्थानबाट एकैसाथ संचालन हुन थाल्यो। त्यसपछि २०२२ सालमा बिद्यार्थीहरुको संख्या धेरै भएको भन्दै त्रिनगर मावीलाई दुई स्थानबाट संचालन गर्ने सहमती भएपछि पञ्चोदयको जन्म भएको थियो।


उतिबेलाका अञ्चलाधिस लक्ष्यबहादुर सिंहको पहलमा हालको पञ्चोदय रहेको स्थानमा जग्गा पनि खाली रहेकोले त्यो जग्गा बिद्यालयको नाममा रहने गरी पञ्चोदय माध्यामिक बिद्यालय स्थापना भएको हसनपुरका बयोबृद्ध शिवानन्द भट्ट बताउछन्।

आजाद मेडल स्कुलका संस्थापकहरु सबै दिबंगत भईसकेका छन्। संस्थापक प्रधानाध्यापक रण सिंह थापा भएपनि उनको पछिल्लो बसोबासका बारेमा थाहा पाउन नसकिएको बिद्यालयका अहिलेका प्रधानाध्यापक पदमसिंह कुँवरले बताए।

सफल र गुणस्तरीय बिद्यालयका रुपमा परिचीत पञ्चोदय माध्यामिक बिद्यालयबाट उत्पादन भएको जनशक्ती अहिले सुदूरपश्चिममा मात्र नभई देश तथा बिदेशमा बिभिन्न ओहदामा रही काम गरिरहेका छन्। हाल पञ्चोदयले अंग्रेजी माध्यामबाट पनि पढाई गरिरहेको छ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved