This is a test

स्थानीय तहमा रहेको कृर्षीको बजेट खर्च शुन्य

0

नवराज पनेरु, धनगढी फागुन ०५ गते ।

आर्थीक बर्ष २०७४÷०७५ को दोश्रो चौमासीक वित्नै लाग्दा समेत धनगढी उप–महानगरपालीकाबाट स्वीकृत कृर्षीका योजना कार्यान्वयन गर्ने प्रक्रिया नै सुरु भएको छैन् । धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रका लागि यस बर्ष सवा करोड बजेटका विभीन्न योजना पास गरेपनि अहिले सम्म खर्च प्रतिशत शुन्य छ । कर्मचारी अभाव र समन्वयमा समस्या देखीदा आएको बजेट खर्च हुन नसकेको हो ।

आर्थीक बर्षको ८ महिना वितीसक्दा समेत कृर्षीको बजेट कतिपनि खर्च नभएपछि कृषि उत्पादनसिलता बढाउनका लागी आएको सवा करोड बजेट फिर्ता जाने खतरा बढेको छ । धनगढी उप–महानगरपालीकाले विभीन्न ७ वटा शिर्षक र ३९ वटा उप शिर्षकमा कृर्षीमा सवा करोड बजेट छुट्याएपनि दोश्रो चौमासीक बित्नै लाग्दा समेत खर्च प्रतिशत सुन्य रहेको हो ।

कृषि उत्पादनसिलता बढाउन १ करोड २७ लाख बजेटका ३९ वटा योजनाहरु स्वीकृत गरीएको छ । तर आवश्यक कर्मचारी उपलब्ध नहुदा कृषिका ति कार्यक्रमहरु सुरु नै नभएको धनगढी उप–महानगरपालीका सुचना अधिकारी सुरेन्द्र कार्कीले बताउनुभयो ।

बाली विकास कार्यक्रम, सहकारी खेतीसाना सिचाई तथा मल विउ ढुवानी कार्यक्रम, आलु तरकारी तथा मसला बाली कार्यक्रम, प्रधानमन्त्री कृर्षी आधुनीकीकरण परियोजना, मत्स्य विकास कार्यक्रम, कृर्षी प्रसार कार्यक्रम र माटो परिक्षण तथा सुधार कार्यक्रम गरी ७ वटा शिर्षकमा ३९ वटा योजनाहरु छनौट गरीएका छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved