This is a test

स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण वुझाएनन्

0

सीताराम ओझा, धनगढी पुस १० गते ।

६ महिना अघि भएको स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले अहिलेसम्म खर्च विवरण वुझाएका छैनन् । ७ नगरपालिका र ६ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको कैलालीमा स्थानीय तहको निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुले खर्च विवरण वुझाउन आनाकानी गरेका हुन ।

कैलालीमा ३ हजार ४ सय ४६ जना उम्मेदवार रहेकोमा उनीहरुमध्ये २ हजार ९८ जनाले मात्रै खर्च विवरण वुझाएका छन । स्थानीय तहको निर्वाचनमा उम्मेदवार वनेका एक हजार ३ सय ४८ जना उम्मेदवारले अहिलेसम्म पनि खर्चको विवरण नवुझाएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन अर्यालले वताए ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved