This is a test

स्थानीयको सहयोगमा टीकापुर नगरपालिकामा छाडा पशु नियन्त्रण कार्य शुरु

0

फाईल फोटो

दुर्गा देवकोटा, टिकापुर पुस ३० गते ।

स्थानीय बासिन्दाको सहयोगमा टीकापुर नगरपालिकामा रहेका छाडा पशु नियन्त्रण कार्य शुरु भएको छ । टीकापुर नर्सरी सामुदायिक वनको पूर्वपट्टी करिव तीन बिगाह जमिनमा तारबार गरी नगर क्षेत्रमा छाडा रहेका पशु हुल्ने कार्य शुरु भएको हो । शुक्रबारबाट पशु राख्ने कार्य शुरु गरिएको हो ।

त्रिशक्ति पशु गौशाला नामाकरण गरी स्थानीय बासिन्दाले पशु संरक्षणका लागि भन्दै शनिबार सम्म ६ सय छाडा गाई गोरुलाई जंगलको छेकबार लगाएको ठाउंमा लगि सकेको संरक्षण समितिका संयोजक डम्बर बुढाले जानकारी दिनुभयो । बुढाले नगरपालिकाकै स्वामीत्वमा रहेको सामुदायिक वनको जग्गामा गौशाला निर्माण गरी पशुको संरक्षण गर्न सकिने बताउनुभयो ।

संयोजक बुढाले पशुको आहारका लागि २५ डनलप पराल, ९ कुण्टल नुन, ४ जना चौकीदारको व्यवस्था गर्ने र चौकीदारका लागि आवश्यक घरटहरा बनाउन संरक्षण समितिले नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो । छाडा पशुका कारण स्थानीय खेतिपाती नष्ट भएर वाक्क भएका टीकापुरका नागरिकले नगरपालिकाले पहल नगरेको भन्दै संरक्षण समिति गठन गरेका हुन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved