This is a test

स्थानीयको विरोधपछि प्रधानमन्त्रीको सवारीको मार्ग परिवर्तन

0

धनगढी, मंसिर १७ गते ।

तीन दिन देखि धनगढीको डिभोटी होटलबाट बोराडाँडी स्थित नेपाली सेनाको ब्यारेक सम्म गाडीमा आवत जावत गरिरहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको सडक मार्ग आईतवार भने परिवर्तन गरिएको छ । आईतवार धनगढीको होटल डिभोटीबाट उहाँलाई तारानगर–सहिदगेटको बाटो हुदै बोराडाँडि ब्यारेकमा रहेको हेलीकप्टर सम्म पुगाईएको हो ।


चुनावी प्रचार प्रसारका लागि दोस्रो पटक सुदूरपश्चिम आउनु भएका देउवाले हेलीकप्टर प्रयोग गरिरहनु भएको र उहाँले प्रयोग गर्ने हेलीकप्टर बोराडाँडी स्थित नेपाली सेनाको ब्यारेकमा राखिने भएकाले प्रधानमन्त्री आउने र जाने बेला दैनिक जसो प्रहरीले, धनगढीको मुख्य सडकमा सुरक्षाको कारण देखाउदै सर्वसाधारणका सवारी आवागमनमा रोक लगाउदै आएको थियो ।

यसअघि चुनावी कार्यक्रमका लागि आउनु भएका प्रधानमन्त्री देउवाको सुरक्षाका लागि भन्दै सुरक्षा निकायले मुख्य बजारको आवागमनमा अवरोध पुगाएको भन्दै स्थानीयले विरोध गरेका थिए । दिनेश एफएमले पनि प्रधानमन्त्रीको सुरक्षाका नाममा सुरक्षा निकायले विरामी बोकेको बाहन समेत जान नदिएको भन्दै प्रार्थमिकताका साथ रिपोर्ट प्रसारण गरेको थियो । तर यसपाली भने प्रधानमन्त्रीको सुरक्षामा खटिएका अधिकारीहरुले उहाँको सवारीको बैकल्पीक मार्ग प्रयोग गरेको हो ।

यसअघि धनगढीको एलएनचोक हुँदै मुख्यबजार अनी ट्राफिक चोक हुँदै बोराडाँडी ब्यारेक सम्मको रुट कायम गरिएको थियो । सुरक्षा निकायले आईतबार विहान भने तारानगर–सहिद गेट हुदै प्रधानमन्त्री देउवालाई बोराडाँडी ब्यारेक पुगाएका हुन । आज सहिड गेट र ब्यारेक उत्तरको राजमार्गमा केहीबेर मात्रै सवारीको आवागमन रोकिएको थियो । प्रधानमन्त्री देउवा आज आफ्नो चुनावी क्षेत्र डडेल्धुरा जानु भएको छ । सुरक्षा निकायले बैकल्पिक मार्गको प्रयोग गरेकाले मुख्य बजारको आवागमनमा खासै असर परेन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved