This is a test

छठको उल्लासः ३६ घण्टा लामो व्रत शुरु, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

0

२१ कात्तिक, रौतहट । मिथिलाञ्जल वासीको महान पर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने तयारी गर्दैछन् ।

अर्घ दिने नदी, तलाउ लगायतका स्थानलाई विशेष रुपमा सजाइएको छ । ति क्षेत्रहरु रंगीविरंगी बत्तीले झिलिमिली छन् भने छठी माताका भक्ती संगीतले गुञ्जायमान छन् ।

छठ मिथिला तथा तराईवासीहरुको सबैभन्दा ठूलो र पवित्र पर्व हो । परीवारका सम्पूर्ण सदस्यहरुको सहभागीता रहने यस पर्वमा हरेक सदस्यले शुद्धता तथा पवित्रताप्रति विशेष ध्यान दिने गर्छन् । निकै कडा धार्मिक नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धताको निकै ध्यान दिने गरिन्छ ।

छठ पूजाको लागि रौतहट जिल्लाभरका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरुको किनारलाई सफा सुग्घर पारी सिंगारिएको छ । झिलीमिली बत्तिले दुलही झैं सजाइएका छठ घाटहरु यतिखेर व्रतालु तथा दर्शनार्थीहरुको लागि तयार छन् ।

यस पर्वमा सूर्यलाई विधिपूर्वक पूजा गरिन्छ । चार दिनसम्म मनाइने यो पर्वको आज तेश्रो दिन सूर्य भक्तिमा लिन भएर पूजाआजा गर्दै साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिइन्छ भने भोलिपल्ट बिहान उदयमान सूर्यलाई दोश्रो अर्घ दिएपछि विधिपूर्वक छठ पर्व सकिन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved