This is a test

सेती अञ्चल अस्पताललाई तिन सय सैयामा स्तरोन्नती गर्ने बारे स्वास्थ्य मन्त्रालय अनभिज्ञ

0

नवराज पनेरु, धनगढी पुस १४ गते ।

सेती अञ्चल अस्पताललाई तीन सय सैयामा स्तरोन्नती गर्ने मन्त्री परिषदको निर्णय बारे स्वास्थ्य मन्त्रालय समेत अनभिज्ञ देखीएको छ । स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पताल स्तरोन्नती भएको कुनै पनि जानकारी नपाएको जनाएको हो । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मुखैमा सेती अञ्चल अस्पतालाई आफ्नो पहलमा तीन सय शैयामा स्तरोन्नती गराएको भन्दै नेपाली काग्रेसकी नेतृ आरजु देउवाले चुनाव प्रचार गर्नुभएको थियो । तर स्वास्थ्य मन्त्रालयले भने स्तरोन्नती तै परै जावस ३ सय शैयाको बनाउनका लागी गर्नुपर्ने प्रक्रिया नै सुरु नभएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नै स्तरोन्नतीका विषयमा अनभिज्ञता देखाएपछि मन्त्री परिषदले निर्णय गरेको हो वा होईन भन्ने पनि आसंका गर्न थालीएको छ । साढे ३ दशकदेखी स्तरोन्नती नगरीदा अस्पतालमा जनशक्ति, संरचना र शैया अभावको बिकराल समस्या देखिएको छ । स्तरोन्नतीको निर्णय अगाडी सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयको सयुक्त टोलीले अस्पतालको वर्तमान अवस्था बारे अनुगमन गरेर प्रतिवेदन बुझाएपछि मात्रै प्रक्रिया अगाडी बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरीदास शर्माले बताउनुभयो ।

तर त्यो केही पनि नभएकाले शैया बढाईको कुरा निर्वाचनका वेला नेताहरुको चुनावी एजेन्डा मात्र भएको उहाको भनाई छ । सेती अञ्चल अस्पताल विकास समिती र अस्पताल प्रशासनलाई पनि अस्पताल ३ सय सैयाको बनाउने बारे कुनै आधीकारीक जानकारी आएको छैन् । अस्पताल विकास समितीले ३ सय सैयाको निर्णय भएको दावी गरीरहेको भएपनि त्यस्को आधार भने विकास समिती संग पनि केहि देखीएको छैन् ।

सेती अञ्चल अस्पताललाई तिन सय सैयामा स्तरोन्नती गर्ने चार्चा भएपनि हुन्छ हुदैन भन्ने बारे आफुपनि अनभिज्ञ रहेको सेती अञ्चल अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी बमले बताउनुभयो । नेताहरुले ३ सय र ५ सय शैयाको भाषण गर्दै चुनाव प्रचार गरेपनि अस्पताल प्रशासन भने भएकै दरबन्दी पनि कहिले पुरा होला भन्ने चिन्तामा देखीएको छ । २०४० सालकै दरवन्दी पनि परिपुर्ती नभएको अवस्थामा तीन सय शैया भएर दरबन्दीमा चिकित्सक आउनेमा अस्पताल प्रशासनलाई पनि विश्वास छैन ।

अस्पतालका निमीत्त मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसी नया पद सेजना गर्नु भन्दा पनि रिक्त रहेको पद, पुर्ती गरिदीए सेवा सुचारु गर्न सजिलो हुने बताउनुभयो । सेती अञ्चल अस्पताल प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती गर्ने नारा पनि चुनावको समयमा लगाईयो भने यसै क्षेत्रबाट विजयी भएका सासंद नारदमुनी रानाले त ५ सय सैयाकै बनाउने उद्यघोष गर्नुभएको थियो । अव नारदमुनीको ५ सय सैया र आरजुको ३ सय सैया कहिले कार्यान्वयन हुने हो त्यसका लागी त पर्खीनै पर्ने हुन्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved