This is a test

सेती अञ्चल अस्पतालमा मुटुरोग विषेशज्ञको दरबन्दी २ वर्ष देखि रिक्त

0

नवराज पनेरु, धनगढी पुस १२ गते ।

२८ लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ मा एक जना मुटुरोग विशेषज्ञ चिकित्सक पठाउन समेत स्वास्थ्य मन्त्रालयले आनाकानी गरेको आरोप लागेको छ । प्रदेश नम्वर ७ मा मुटुरोगका विशेषज्ञ चिकित्सक नभएपछि हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढ्दै गएका बेला मन्त्रालयले नै चिकित्सक पठाउन आनाकानी गरेको आरोप लागेको हो ।

सुदुरपश्चिममा रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा सरकारले २ बर्षअघि मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी सृर्जना गरेको थियो । तर दरबन्दी सुरुवातदेखी नै रिक्त रहेको सेती अञ्चल अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताउनुभयो । अस्पताल विकास समिती र अस्पताल प्रशासनले उक्त दरबन्दी परिपुर्तीका लागी पटक–पटक मन्त्रालय धाएपनि वास्ता गरिएको छैन ।

सेती अञ्चल अस्पतालका अनुसार अस्पतालको विकास समिती र अस्पताल प्रशासनले मुटु रोगका विशेषज्ञ डाक्टर पठाईदिन भन्दै धेरै पटक स्वास्थ्य मन्त्रालय धाएका छन् । तर उनिहरुले गरेको पहलले अहिले सम्म भने नतिजा दिएको छैन् । मन्त्रालयले मुटु रोगका विशेषज्ञ डाक्टरहरु देशभरी नै कम भएको भन्दै फर्काउने गरेको सेती अञ्चल अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी बमले बताउनुभयो ।

प्रदेश नम्वर ७ मा पनि मुटुरोगका विरामीको ठुलो चाप रहेकाले कम्पतीमा पनि ५ जना मुटुरोग विशेषज्ञ डाक्टरको आवश्यकता महसुस गरीएको सेती अञ्चल अस्पतालका फिजीसियन डाक्टर शेर वहादुर कमरको भनाई छ । कैलाली, कञ्चनपुरमा मात्रै पछिल्लो एक महिनामा ५ जनाले हृदयघात भएपछि ज्यान गुमाईसकेका छन् ।

यि चर्चामा आएका घटना भएकाले यो सङख्या बढि पनि हुन सक्छ । चिकीत्सकहरुका अनुसार ४० बर्ष कटीसकेका कम्तीमा पनि ४० प्रतिशत जनसङख्यालाई कुनै न कुनै कीसीमको मुटु सम्वन्धीको रोग हुने गरेको छ । यसै क्षेत्रमा मुटु रोगका विशेषज्ञ चिकीत्सकको उपलव्धता भए नियमीत निगरानीमा रहन र हृदयघातपछिको एक घण्टा भित्रै विशेषज्ञ सेवा पाएर ज्यान जोगाउन निकै सजिलो हुने सेती अञ्चल अस्पतालका फिजीसियन डाक्टर शेर वहादुर कमरले बताउनुभयो ।

२८ लाख जनसङख्या र मुटुरोगका विरामीको ठुलो चाप भएको क्षेत्रमा एक जना पनि मुटुरोग विशेषज्ञ डाक्टर नपठाउन के साच्चीकै मन्त्रालयले नै अटेरी गरेको हो, वा अस्पताल विकास समिती, अस्पताल प्रशासन र यस क्षेत्रका नेताहरुले नै वेवास्ता गरेका हुन् चाँसोको विषय बनेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved