सेती अञ्चल अस्पतालमा औषधी आपुर्तिका लागि खुलेको रिटेण्डरको मुल्याकंन प्रक्रिया रोकियो

0

सीताराम ओझा, धनगढी २३ असोज ।

सेती अञ्चल अस्पतालमा औषधी आपुर्तिका लागि खुलेको रि टेण्डरको मुल्याकंन प्रक्रिया रोकिएको छ । रिटेण्डर खुलेपछि छानविन सुरु गरेको दुई सदस्यीय छानविन समितीले तत्काललाई खोलिएको टेण्डरको प्रक्रिया अगाडी नवढाउन निर्देशन दिएको हो । सेती अञ्चल अस्पतालमा औषधी आपुर्तिका लागि गरिएको रि टेन्डर गत असोज १८ गते खोलिएको थियो । नियम विपरीत निकालिएको टेण्डरको वारेमा दिनेश एफएमले समाचार प्रसारण गरेपछि टेण्डर शंसोधन गरेको अस्पतालले तोकिएको मिति पुगेपछि टेण्डर खोले पनि छानविन समितीले अर्को आदेश नआउन्जेल टेण्डरको प्रक्रिया अगाडी नवढाउन आदेश दिएको स्रोतले जनाएको छ ।

नियम विपरीत खोलिएको टेण्डरमा एकजना औषधी ब्यवसायीलाई लक्षित गर्दै लेखा र स्टोरका कर्मचारीहरुले मिलेमतो गरेको अवस्थामा, समाचार प्रसारण पछि टन्डर संशोधन भएको थियो । त्यपछि भने ५ वटा औषधी फर्महरुको मापदण्ड पुगेपछि टेण्डर हालेका थिए । छानविन समितीले टेण्डरमा केही त्रुटीहरु भेटीएकोले मुल्याकंन प्रक्रिया रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ । यता गत असोज १० गते स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्वतालको औषधी रि टेण्डरको विषयमा छानविन गर्नका लागि गठन गरिएको छानविन समितीले आफ्ना प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत भरत भण्डारी र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका लेखा अधिकृत नारायण मिश्र सम्मिलित छानविन समितीले स्वास्थ्य मन्त्रालयको शुसासन अनुगमन शाखालाई प्रतिवेदन बुझाएको छ । छानविनका क्रममा यसअघिको टेण्डर सम्झौतामा वर्षभरी आपुर्ती गर्ने उल्लेख भएको र अर्कोतिर संख्या पनि तोकेकाले कैफियत देखिएको छानविन समितिले ठहर गरेको स्रोतले जनाएको छ । अस्पतालको लेखा र स्टोर शाखाको मिलोमतोमा लाखौ रकम अनियमितता गर्दै चाहेको फर्मलाई टेण्डर दिदै आएकोमा यसपाली यसमा अवरोध भएको छ । स्रोतका अनुसार टेण्डर र कोटेसनमा मिलोमतो गरेर लेखा र स्टोर शाखाका कर्मचारीहरुले छोटो समयमै करौडौको सम्पति जोडेको आरोप पनि लाग्दै आएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved