This is a test

सेती अञ्चल अस्पतालको नयाँ भवन निर्माणमा ढिलाई हुने संकेत

0

नवराज पनेरु, धनगढी मंसिर १२ गते ।

सेती अञ्चल अस्पतालका आवाश भवनहरु भत्काउनुपर्ने भएकाले, दुई हप्ता अघि निर्माण सम्झौता भएको नयाँ अस्पताल भवन निर्माणमा अझ ढिलाई हुने भएको छ । सेती अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि गत आर्थिक वर्षमा ठेक्का भएपनि साढे ५ महिना पछि कार्तिक २८ गते मात्रै निर्माण सम्झौता भएको हो । अहिले पानी ट्यांकी रहेको पश्चिमतिरका आवाशहरु नभत्काएर भवन निर्माण गर्न नसकिने र ती भवनहरु अहिले नै भत्काए आवासको समस्या हुने देखिएको हो ।

सेती अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि रविन थेगीम जेभीले १८ करोड ७४ लाखमा ठेक्का पाएपनि, आवाश भवनहरु भत्काउनुपर्ने भएकाले निर्माणमा ढिलाई हुने भएको छ । गत आर्थिक वर्षको जेठमा पाँचवटा ब्लक भएको दुई तले भवनका लागि टेन्डर भएपनि साढे पाँच महिनापछि कार्तिक् २८ गते निर्माणको सम्झौता भएको छ । सात करोड भन्दा बढीको निर्माणका लागि विभागले स्वीकृत गर्नुपर्ने भएकाले अस्पताल भवनको टेन्डर स्वीकृतीका लागि विभागमा पठाईएकाले ढिलाई भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताउनुभयो ।

अस्पतालको बहिरंग वार्ड, अप्रेरेसन वार्ड र विरामी बस्ने वार्डका लागी ५ वटा ब्लक सहितको २ तल्ले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो । निर्माणको अवधी ३० महिनाको राखीएको छ । कार्तीक २८ गते ठेक्का सम्झौता भएपछि सहरी विकासले अहिले निर्माणको कार्यादेश पनि निर्माण व्यवसायीलाई दिईसकेको छ । निर्माण कम्पनीले त्यहाँको विद्युतको ट्रान्सफार्मर हटाउन पनि निवेदन दिईसकेको रविन कन्सटक्सनका ईन्जीनियर प्रसान्त कर्णले बताउनुभयो ।

सेती अञ्चल अस्पताल परिषरमा रहेको खानेपानी ट्याङकीलाई विचमा पार्ने गरी ५ ब्लक सहितको २ तल्ले भवन निर्माण हुन लागेको हो । अस्पताल परिषरमा नयाँ आवाश भवन पनि बनिरहेका छन । तर त्यसको काम सकिन अझै कम्तीमा पनि ५ महिना लाग्ने देखिएको छ । निर्माण स्थलमा अहिलेको अस्पतालमा रहेका शौचलयका सेफ्टी ट्यांकी पनि रहेका र तीनको बैकल्पिक ब्यवस्थापन नगरि निर्माण गर्न सक्ने अवस्था छैन ।

अझ निर्माण सामाग्री ढुवानी र भण्डारणका लागि पनि अस्पतालभीत्र स्थान अभाव भएको ईन्जीनियर प्रसान्त कर्णले बताउानुभयो । सेती अञ्चल अस्पतालको पुरानो भवन बर्खामा बाढीले भरिने गर्छ भने विरामीहरु चुहीने भवनमा राख्नु पर्ने बाध्यता छ । त्यसैले अस्पताल विकास समिति र प्रशासनले देखिएका समस्या समाधान गर्दै नयाँ भवन निर्माणका लागि सहजीकरण गर्नुपर्छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved