This is a test

सेती अञ्चल अस्पतालमा विशेषज्ञ चिकीत्सकको दरवन्दी पुर्ती को सट्टा रिक्त हुदै

0

नवराज पनेरु, धनगढी पुस १६ गते ।

सुदुरपश्चिमकै रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका दरबन्दी पुर्ती गरीनुको सट्टा झन झन रिक्त भईरहेका छन् । यसै क्षेत्रमा सेवा गर्न ईच्चुक तर बढुवा भएका चिकित्सकहरु पनि दरबन्दी अभावमा जान थालेपछि भएका विषेशज्ञ चिकित्सकहरु पनि घटिरहेका हुन । २३ जना विषेशज्ञ चिकीत्सकको दरबन्दी रहेको अस्पतालमा लामो समयदेखी ११ विशेषज्ञ चिकीत्सकको दरबन्दी खाली रहेको छ ।

सेती अञ्चल अस्पतालमै कार्यरत रहेर बढुवा भएका चिकीत्सक पनि अस्पतालमा दरबन्दी नभएपछि बाहीरीन बाध्य भएका छन् । सुदुरपश्चिममा त्यसै पनि चिकीत्सक आउने नमान्ने परिपाटी रहेकोमा आएर यसै क्षेत्रमा सेवा दिन चाहने चिकीत्सक पनि दरबन्दी नभएर बाहीरीन थालेका हुन् । सेती अञ्चल अस्पतालमा नाक, कान घाटी रोगको उपचार गर्न नवौ र दशौ तहका बरिष्ट कन्सलटेन्ट ईएनटी सर्जन डाक्टरका लागी एउटा दरबन्दी रहेको छ ।

उक्त दरबन्दीमा लामो समयदेखी सेती अञ्चल अस्पतालका पुर्व मेडीकल सुपरीटेन्डेन्ट डाक्टर असोक श्रीपाईले कार्यरत रहनुभएको थियो । तर उहाँ ११ औँ तहमा बढुवा भएसंगै उहाँको नेपालगञ्ज सरुवा भएको छ । ११ औ तहमा बरिष्ट कन्सलटेन्ट ईएनटी सर्जन डाक्टरको दरबन्दी सेती अस्पतालमा नभएपछि उहाँको नेपालगञ्ज सरुवा गरीएको हो । उहाँ अहिले काजमा सेती अस्पतालमै कार्यरत हुनुहुन्छ तर दरबन्दी नभएकाले उहाँले निकट भविष्यमै धनगढी छोडनु पर्नेहुन्छ ।

आफ्नै क्षेत्रको अस्पतालमा काम गर्ने ईच्छा हुँदा हुदै पनि दरबन्दी अभावमा बस्न नसकिने डाक्टर श्रीपाईलीले बताउनुभयो । ११ औँ तहका ६ जना चिकीत्सकको दरबन्दी रहेको अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन । ११ औं तहको प्रमुख मेडीकल सुपरीटेन्डेन्टको दरबन्दी पनि लामो समयदेखी खाली छ ।

प्रदेश नम्वर ७ का सबै जिल्लाका विरामीको हेरचाह गरीरहेको अस्पताललाई सेवा प्रवाहमा निकै कठीनाई भईरहेको छ अस्पतालका निमीक्त मेडीकल सुपरीटेन्डेन्ट डाक्टर सजन केसीले बताउनुभयो । सेती अञ्चल अस्पतालमा एक जना मुटु रोग विशेषज्ञ चिकीत्सक बाहेक अन्य रोगका चिकीत्सक कुनै न कुनै बेला दरबन्दीमा ल्याईएका थिए ।

तर तिनीहरुलाई टिकाउन नसक्नुमा अस्पताल प्रशासन र विकास समिती पनि जिम्मेवार रहेको छ । बढुवा भएर सरुवा भएको स्थानमा र अवकास पाएका चिकीत्सकको स्थानमा चिकीत्सक ल्याउन नसक्नु विकास समिती र अस्पताल प्रशासन दुवैको कमजोरी हो । यस्मा सबै भन्दा बढि जिम्मेवार यस क्षेत्रका सासंद र राष्ट्रीय राजनीतीमा दख्खल राख्न सक्ने नेताहरु पनि देखीएका छन् ।

धेरै पटक मुटुरोग सहितका अरु विषेशज्ञ चिकित्सक पठाई दिन मन्त्रालय, विभागमा पत्राचार समेत गरेका तर कसैले नसुनेको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारी बमले बताउनुभयो । मुटुरोग विशेषज्ञ चिकीत्सकको दरबन्दी सृजना भएदेखी नै रिक्त छ भने मानसीक रोग विशेषज्ञको दरबन्दी पनि लामो समयदेखी खाली छ । जस्का कारण मुटु रोगको विभाग र मानसीक रोगको विभाग नै अस्पतालमा सुरु हुन सकेका छैन्न ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved