This is a test

सेती अञ्चल अस्पतालको दुर्दशा प्रति नागरीक समाज किन चुप ?

0

नवराज पनेरु, धनगढी पुस १६ गते ।

सेती अञ्चल अस्पतालमा साढे तिन दशक पुरानो दरबन्दी पदपुर्ती हुन नसक्दा २८ लाख जनताको जनस्वास्थ्यमाथी खेलवाड भईरहेका बेला नागरीक समाजहरु भने मुखदर्शक बन्दै आएका छन् । अस्पतालको स्तरोन्नती, भएका दरबन्दीको पदपुर्ती र चुस्त व्यवस्थापनका लागी नागरीक समाजका अगुवाहरुले कुनै पनि भुमीका नखेलेको आरोप लागेको छ ।

नागरिकको वास्तविक पहरेदारी गर्ने उद्येश्यका साथ स्थापना गरीएका नागरीक समाजहरुले प्रदेश नम्वर ७ का विरामीले भर पर्नुपर्ने अस्पतालको गुणस्तरीय सेवाका लागी कुनै दवाव श्रृजना समेत नगरेको गुनासो आएको हो । २०४० सालमा त्यतिबेलाको सेती अञ्चलको जनसङख्यालाई आकलन गर्दै सृजना गरीएका दरबन्दी अहिले दोव्वर बढि जनसङख्या बढ्दा समेत रिक्त रहेका छन् ।

नागरीक स्तरबाट सशक्त आवाज नउठेकै कारण सेती अञ्चल अस्पतालको समस्या ज्यूका त्यु रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष धनपति ढुङगेलले स्विकार गर्नुभयो । लोकतान्त्रिक आन्दोलनमा नागरिक समाजको योगदानको व्याख्या अहिले गरिरहन जरुरी छैन । त्यतिवेला दलहरुप्रति विश्वास घट्दै गएको बेला नागरिक समाजको आन्दोलनले नै सडक तताएको थियो । तर अहिले भने नागरीक समाजको त्यो भुमीका हराएर गएको छ ।

दर्जनौ नेताहरुले सेती अञ्चल अस्पतालकै बारेमा पनि पटक–पटक भएका निर्वाचन अगाडी स्तरोन्नती र पदपुर्तीका आश्वासन बाडेका छन् । तर यस क्षेत्रका नागरीक समाजहरुले भने नेताहरुलाई ति आश्वासन सम्झाउने प्रयास समेत गरेको देखीएको छैन् । शक्तीशाली नागरिक समाजले नागरिकको वास्तविक पहरेदारी गर्नसक्छ भन्ने आशाा गरिएपनि सेती अञ्चल अस्पतालको विषयमा भने त्यो झुटो सावित भएको छ ।

अस्पतालमा आईसीयु र सिकलसेल रोगीका विरामीको उपचार सुचारु गर्न नागरीक स्तरबाट केही दवाव श्रृजना भएपनि त्यो सेवा पटक–पटक प्रभावित हुँदा समेत नागरिक समाज भने सुतेका छन् । पछिल्लो समय पार्टी पिच्छे नागरिक समाज खोल्ने परिपाटीले पनि भुमिका खुम्चीएको हुन सक्ने थारु नागरिक समाज कैलालीका संयोजक दिलवहादुर चौधरीको बुझाई छ ।

२०४० सालकै दरबन्दीका चिकीत्सक ३५ बर्षसम्म ल्याउन नसकेका नेताहरुले अहिले नै ३ सय ५ सय सैयाको बनाउने जत्ति नै भाषण गरेपनि कार्यान्वयन हुनेमा आशंका छ । एउटै स्तरको भरतपुर अस्पतालमा २ सय भन्दा बढी चिकित्सक कार्यरत छन् भने अस्पतालमै नर्सिङ पढाई पनि सुरु भईसकेको छ । सेती अस्पतालमा भएका दरबन्दी पनि पुर्ति नभईरहेकाले एक पटक सशक्त दवाव श्रृजना हुन आवश्यक रहेको सेती अञ्चल अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी बमले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved