सेती अञ्चल अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा

0

शिबराज भट्ट, धनगढी ०४ जेठ ।

लामो समयको प्रयासपछि बुधवार देखि सेती अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । निर्वाचन आचार संहीता लागेको भन्दै सेती अञ्चल अस्पतालले थोरै तामझाम गरेर बुधवार अस्पतालको आफ्नै फार्मेसीको एक कार्यक्रमका बीच उद्घाटन गरेको हो । कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक प्रसाद चपागाईले रिवन काटेर फार्मेसीको उद्घाटन गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक जिल्ला देखि अञ्चल अस्पताल, क्षेत्रीय र उपक्षेत्रीय अस्पतालहरुले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन दिएपछि सेती अञ्चल अस्पतालमा पनि आफ्नै फार्मेसी सञ्चालनमा आएको हो । मन्त्रालयको १५ लाख सीड मनी, १० लाख स्वास्थ्य बीमाको पेस्की रकम र २१ लाख सेती अञ्चल अस्पताल ब्यवस्थापन समितिको आफनै लगानी गरी ४६ लाखको औषधी राख्दै फार्मेसी सञ्चालनमा आएको हो ।

तर अस्पतालमा हुने जाँचहरु केमिकल सकिएको छ भनेर नीजिमा गर्न लगाउने प्रबृती र अस्पतालमा आएका विरामीलाई आफ्नो क्लिनिकतिर तान्ने प्रबृतीका बीच सञ्चालनमा आएको फार्मेसीबाट जनताले सबै प्रकारका औषधी निरन्तर पाउछन भन्नेमा भने ढुक्क हुनसक्ने आवस्था छैन । अस्पतालको फार्मेसीमा औषधीको अभाव देखाएर वाहिरका मेडिकल सञ्चालकहरु मोटाउने प्रबृती बढनेमा पनि आशंका गरिएको छ । तर अस्पताल विकास समितिकी अध्यक्ष रिता भण्डारी भने त्यस्तो हुनै नदिने दाबी गर्नुहुन्छ । अहिले फार्मेसी सञ्चालनका लागि १ जना फार्मेसी टेक्नीसीयन र २ जना फार्मेसी असिस्टेन्ट गरी तिन जना कर्मचारी नियुक्त गरीएका छन ।

तीनै जनाले २४ एै घण्टा फार्मेसी सञ्चालन गर्नुपर्नेछ तर तीन जनाले ८÷८ घण्टाको ड्युटी लगाए पनि, विल काट्ने औषधी निकाल्ने काम एकजनाबाट नहुने भएकाले कर्मचारीको अभाव भने टड्कारो देखिएको छ । ब्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारी भने यसलाई जस्तो सुकै चुनौती आएपनि निरन्तर गरिने बताउनुहुन्छ । फार्मेसी सञ्चालन भएपछि, अस्पतालमा आएका विरामीलाई दुई वटा ठुलो फाईदा हुनेछ ।

पहिलो फाईदा अब औषधी किन्नका लागि रातविरात बाहिर जानुपर्ने अवस्था आउने छैन भने अर्को फाईदा मुल्यमा पनि धेरै फरक हुनेछ । सामान्य तया औषधीमा कम्तीमा २० देखि बढीमा ५०÷६० प्रतिसत मुनाफा हुने गरेकोमा अस्पतालले किनेको मुल्यमा १५ प्रतिसत भन्दा बढी मुनाफा जोड्न नपाउने सेती अञ्चल अस्पतालका मेसु डाक्टर अशोक श्रीपाइलीले बताउनुभयो ।

यस्तै सेती अञ्चल अस्पतालको ओपिडिमा बुधवार बाट डिजिटल क्यु प्रणाली लागु भएको छ । ओपिडिका सबै कक्षमा डिजिटल क्यु लागु भएको हो । अस्पतालमा पर्चा काट्ने बेला, विरामीले पर्चासँगै अंकमा लेखिएको टोकन पाउने र ओपीडिमा लाईनमा नबसेर टोकनको नम्बर आएका बेला भीत्र जाने प्रणाली लागु गरिएको अस्पतालका प्रमुख डाक्टर अशोक श्रीपाईलीले जानकारी दिनुभयो ।

डिजिटल क्यु सिस्टमले चिनेजानेको भरमा जतिबेला पनि चेकजाँच गराउने र टाढाटाढाबाट आएका विरामीहरुले अबेरसम्म लाईन लाग्नुपर्ने झन्जट हटने विश्वास लिईएको छ । पर्चा काटेको नम्बरका आधारमा टोकन पाउने र त्यही नम्बरका आधारमा चेकजाँच गरिने छ ।

डिजिटल क्युका लागि अब गेटमा एकजना पर्चा समात्ने मानिस पनि बस्नु नपर्ने भएको छ । डिजिटल क्युको मुख्य बटन ओपीडि भीत्र रहेका चिकित्सकको टेबुलमा हुने र चिकित्सकले बटन थिच्ने वित्तिकै वाहिर क्रमश नम्बर आउनेछ ।

Share.

Leave A Reply