सेती अञ्चल अस्पतालका लागि सिटि स्क्यान मेसिनको बोलपत्र आह्वान

0

धनगढी, शिबराज भट्ट ०२ जेठ ।

दिनेश एफएममा समाचार प्रकासन भएको तेस्रो दिन, सेती अञ्चल अस्पतालले सिटि स्क्यानका लागि ई टेन्डर आह्वान गरेको छ । आर्थिक वर्षको अन्तिम चौमासिकमा रकमको अख्तियारी आएपनि, सेती अञ्चल अस्पतालले सिटि स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको हो । १६ स्लाईस सिटि स्क्यान मेसिन खरिदका लागि भन्दै अस्पतालले सोमवार गोरखापत्रमा सूचना प्रकासन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले यसपाली सुदूरपश्चिममा दुई वटा अस्पताल, धनगढीमा रहेको सेती अञ्चल अस्पताल र डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा सिटि स्क्यान मेसिन खरिदका लागि बैशाखको पहिलो हप्ता ३÷३ करोड रकमको अख्तियारी दिएको थियो । उपक्षेत्रीय अस्पतालले, सार्वजनिक खदिर ऐनको अध्ययन नगरी सिधै गोरखापत्रमा सूचना प्रकाशित गरेपछि, मन्त्रालयले ६० लाख भन्दा बढीको उपकरण खरिद गर्नका लागि ई टेन्डर गर्नुपर्ने बताउदै उक्त सूचना रद्ध गरेको थियो भने सेती अञ्चल अस्पतालले खरिद प्रकृयाका लागि समय नपुग्ने भन्दै बोलपत्र आह्वान गर्न सकेको थिएन ।

तर दिनेश एफएममा समाचार प्रसारण भएकै भोली पल्ट अस्पताल विकास समिति र अस्पताल प्रशासनको बैठक बसी सिटि स्क्यानका लागि बोलपत्र आह्वान गरिएको हो । यसअघि ३० दिनको सूचना, १५ दिन सम्मको आशयको सूचना र उपकरण ल्याउने समय यस आर्थिक वर्षमा नपुग्ने भन्दै सेती अञ्चल अस्पताल प्रशासन अन्यौलमा थियो ।
तर स्वास्थ्य मन्त्रालयले सो रकम अर्को आर्थिक वर्षमा पनि दिन सकिने संकेत गरेपछि सेती अञ्चल अस्पताले बोलपत्र प्रशासित गरेको बताईएको छ । जेठ १ गते देखि लागु हुने गरी ३० दिने ई टेन्डर प्रकाशित भएको छ ।

स्वास्थ्य मन्त्रालयले, सेती अञ्चल अस्पतालका लागि बैशाख ५ गते र उपक्षेत्रीय अस्पताललाई बैशाख ६ गते सिटि स्क्यान खरिदका लागि तीन÷तीन करोडको अख्तियारी पठाएको थियो । दुबै अस्पतालले सिटि स्क्यान खरिदका लागि कम्तीमा पनि चार÷पाँच महिना लाग्ने भएको र चालु आर्थिक वर्षमा त्यती समय नभएकाले अन्यौलता भएको बताउदै आएका थिए । सेती अञ्चल अस्पताले बोलपत्र आह्वान गरेसँगै उपक्षेत्रीय अस्पताल डडेल्धुराले पनि बोलपत्र प्रकाशनको तयारी गरेको छ ।

सिटि स्क्यान मेसिन आएर जडान गरेपछि पनि राम्ररी काम गरे नगरेको हेरेर मात्रै भुक्तानी दिनुपर्ने प्रावधान भएकाले, यसपाली टेन्डर गरिदिएमा, अर्को वर्ष रकम नआए अस्पतालले सो रकम तिर्नुपर्ने भएपछि दुबै अस्पताल प्रशासन टेन्डर गर्न डराई रहेका थिए ।

Share.

Leave A Reply