This is a test

सेती अञ्चल अस्पतालका डायलासिस मेसिन फेरि बिग्रए, विरामीहरुको विचल्ली

0

सीताराम ओझा, धनगढी पुस १७ गते ।

सेती अञ्चल अस्पतालका दुई वटा डायलासिस मेसिन फेरि विग्रीएपछि विरामीहरुको विचल्ली भएको छ । सेती अञ्चल अस्पतालमा मात्रै डायलासीस सेवा भएकाले थुप्रै मृगौलाका विरामीहरु सेवा पाउनबाटै बञ्चीच भएका हुन ।

सेतीमा मेसिन विग्रीएर डायलासिस गर्न नसकेपछि, भारत र काठमाण्डौमा डायलसिस गराउनका लागि पिडितका आफन्तहरु आर्थिक सहयोग माग्न थालेका छन । हप्तामा एक पटक गर्नुपर्ने डाईलासिस सेवा लिनका लागि सेती अञ्चल अस्प्तालमा दुई वर्षपछि पालो आउने भन्दै विरामी फर्काईन थालिएपछि, धनगढीको फुलवारीका २६ वर्षीय लेखवहादुर क्याप्छाकीमगरले काठमाण्डौंमा आर्थिक सहयोग संकलन गर्न थालेका हुन ।

जग्गा वेच्न खोज्दा नवेचिएपछि छोराको ज्यान वचाउनका लागि सहयोग मागिरहेको मृगौला पिडित लेखवहादुरका वुवा छत्रवहादुर क्याप्छाकी मगरले बताउनुभयो । गत बर्षको असोज १८ गतेबाट सेती अञ्चल अस्पतालमा डायलासिस सेवा सुरु भएको थियो । ४ वटा मेसीनबाट डायलासीस सेवा दिईरहेकोमा दुई वटा मेसिन फेरि विग्रीएका हुन ।

सेती अञ्चल अस्पतालमा डायलासीसका लागी अहिलेसम्म १ सय २५ जनाले नाम लेखाईसकेका छन् । जसमध्ये अहिलेसम्म ७८ नम्वरमा नाम लेखाएका विरामीको मात्रै पालो आएको छ । निर्वाचन अघि विग्रेका मेसीनहरु बनाएको महिना दिन नपुग्दै फेरी विग्रएका हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved