This is a test

सुर्तीजन्य पदार्थ प्रतिवन्द्ध लगाईएको धनगढी रंगशालाको भिआईपी प्याराफीट पान गुट्का थुक्दै कुरुप ( भिडीयो सहित हेर्नुहोस )

0

नवराज पनेरु, धनगढी फागुन ०५
जिल्ला खेलकुद विकास समिती कैलालीले सुर्तीजन्य पदार्थ प्रतिवन्द्ध गरेको धनगढी रंगशालाको भिआईपी प्याराफीट पान गुट्का खाएर थुक्दै कुरुप बनाईएको छ । रंगशालामा विशिष्ठ व्यक्तिहरुका लागी बनाईएको प्याराफीट पान, गुट्का खाएर थुक्दै कुरुप बनाईएको हो । खेलकुदका ठुला–ठुला कार्यक्रम हुने धनगढी रंगशालाको भिआईपी प्याराफीट सुर्तीजन्य पदार्थ थुकेर कुरुप पारिएको छ । प्रदेश नम्वर ७ कै क्षेत्रीय रंगशालाको भिआईपी प्याराफीटलाई रंगरोगन गर्दै सिगार्नु पर्ने स्थानमा पान, गुट्का खाएर कुरुप बनाएर कुरुप बनाइएको प्याराफीटमै भेटीनुभएका धनगढीका फणेन्द्र साउदले बताउनुभयो ।
भिआईपी प्याराफीटको सिढीदेखी बस्ने स्थान सम्म जतततै सुर्तीजन्य पदार्थ खाएर थुकीएको छ । प्याराफीटका भिक्ताहरु पान, गुट्का खाएर थुक्नेहरुले रातै बनाईदिएका छन् । तर रंगशालाको संरक्षणको जिम्मा लिएको खेलकुद विकास समिती भने कुरुप प्याराफीटलाई मुखदर्शक भएर हेरिरहेको छ । शनिवार मात्रै सोही प्याराफीटमा प्याव्सन फेष्टिबल आयोजना गर्नुभएका प्याब्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले भिआईपी प्याराफीट नै कुरुप हुन दुखद भएको बताउनुभयो ।
खेलकुद विकास समितीले स्वास्थ्य नै खेलकुद हो भन्दै खेलकुदका प्रतियोगीता गर्दै आएको छ । तर राष्ट्रीय स्तरका कार्यक्रम हुने र विशीष्ठ व्यक्तिीहरुले आसन ग्रहण गर्ने भिआईपी प्याराफीटलाई भने सुर्तीजन्य पदार्थले कुरुप पारिएपछि बिशीष्ठ व्यक्तिहरुले यस क्षेत्रको बारेमा बनाउने धारण नै गलत हुने पक्का छ ।
भिआईपी प्याराफीटमा विशीष्ठ व्यक्ति बाहेक प्राय खेलकुदकै पदाधीकारीहरु, प्रशिक्षक र अन्य खेलकर्मीहरु बस्ने भएकाले उनिहरुले नै कुरुप बनाएको पनि आरोप लगाएको छ । यता कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिहले भने प्याराफीटमा मात्रै नभएर सिङगो रंगशाला क्षेत्रभरी नै सुर्तीजन्य पदार्थहरुको सेवनमा बन्देज लगाएको बताउनुभयो ।
प्रदेश नम्वर ७ भरी खेलकुदका ठुला कार्यक्रम हुने र विशीष्ठ व्यक्तिहरु जाने स्थान नै धनगढी रंगशालाको भिआईपी प्याराफीट हो । त्यो प्याराफीटलाई सिङगारेर चिटीक्क पार्नुको सट्टा सुर्तीजन्य पदार्थ खाएर थुक्दै असोभनीय बनाइएपछि समग्र ७ नम्वर प्रदेश प्रतिको धारणा नै नकारात्मक जाने निश्चीत छ ।

भिडीयो सहित हेर्नुहोस

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved