This is a test

सुरेश भट्ट आए पश्चिम धनगढी लिएर, रमिलालाई फकाउँदै

0

धनगढी, २५ साउन ।

कैलालीको अत्तरीयाका सुरेश भट्ट पश्चिम धनगढीको म्युजिक भिडियो सहित वजारमा आएका छन । विभिन्न गीतका म्युजिक भिडियो र केही लघु चलचित्रमा अभिनय गरिसकेका भट्टले अभिनय गरेको देउडा गीत पश्चिम धनगढीको भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा भट्टसँगै रमिला कार्कीको अभिनय रहेको छ ।

उनले रमिलाको वयान गर्दै आफुलाई मन परेको भन्दै फकाउन खोजेका छन । चक्र वम र पुर्णकला विसीको स्वरमा रहेको गीतमा अभिनय गरेका भट्ट गीतको भाकामा भन्छन्–

कै देशको पहिरन होला फेरी फेरी लाउने
हातले वनाया जसी जे लायारई सुहाउने
सुहा मन पडी साह्ै मन पडी सुहा मन पडी
हात समाई लैजान्छु मेरा पश्चिम धनगढी

पेशाले होटेल व्यवसायी भट्टले अभिनय गरेको यो म्युजिक भिडियोलाई कैलाली र कञ्चनपुरका मुख्य पर्यटकीय क्षेत्रहरुमा छायाकंन गरिएको छ । धनगढी, अत्तरीया, चिसापानी, दोधारा चाँदनी लगायतका रमणीय दृश्यलाई विवेक पाण्डेय र मुकेश चौधरी म्युजिक भिडियोमा उतार्दै मोडेल सुरेश भट्ट र रमिला कार्कीको रोमान्सलाई उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।

देउडा गीतका संरक्षण गर्नुपर्छ भन्न् सोचेर अभिनय गरेको भट्टले वताउनुभयो । म्युजिक भिडियोमा धनगढीका जितेन्द्र रानाले लगानी गरेका हुन । वामदेव वोहोराको शव्द रहेको गीतमा सुमित जैरुको नृत्य रहेको छ भने करन विकले म्युजिक भिडीयोलाई निर्देशन गरेका हुन ।

भिडीयो हेर्न यहा जानुहोस :

https://www.youtube.com/watch?v=2ptBEOp7W_c&feature=share

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved