This is a test

सुप खप्तड गोल्डकप : उपाधीका लागी आज नेपाल आर्मी र एपीएफ भिड्दै

0

]

धनगढी, माघ ०१ गते ।

धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनल खेल आज हुदैछ । धनगढी रंगशालामा दिउँसो २ बजे पछि उपाधीका लागी दुई विभागीय टिम नेपाल आर्मी र ससस्त्र प्रहरीको एपीएफ भिड्दै छन । यसअघि सेमीफाईनलमा आर्मीले साविक विजेता मनाङ र एपीएफले घरेलु टोली सुदुरपश्चिम ११ लाई स्तव्ध पार्दै फाईनलमा पुगेको हो ।

सेमीफाईनलको खेलमा मनाङ मस्र्याग्दीलाई ३–१ ले पराजित गर्दै आर्मी उपधाी नजिक पुगेको हो । यस्तै घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो । सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved