सुपथ मुल्य पसलमा दश दिनमा ९ लाख बराबरको चिनी र नुन अनुदानमा विक्री

0

नवराज पनेरु, धनगढी २८ भदौ ।

दशै, तिहार र छट पर्वलाई लक्षित गर्दै सुदुरपश्चिमका ७ स्थानमा सञ्चालन गरीएका सुपथ मुल्य पसलमा दश दिनको अवधीमा झण्डै ९ लाखको नुन र चिनी विक्री भएको छ । साल्ट्र ट्रेडीङ कर्पोरेसन लिमीटेड धनगढीका अनुसार ७ स्थानमा सञ्चालन गरीएको सुपथ मुल्य पसलमा ७ लाख ६६ हजारको चिनी र १ लाख ४१ हजारको नुन विक्री भएको छ । साल्ट्र ट्रेडीङ धनगढीका सहायक महाप्रवन्धक केशव पाण्डेयका अनुसार दश दिनको अवधीमा नुन ७ हजार ८ सय ४० किलो विक्री भएको छ भने चिनी ९ हजार ८ सय ८७ किलो विक्री भएको छ ।

भदौ १६ गतेदेखी साल्ट ट्रेडीङले धनगढी, महेन्द्रनगर, बेलौरी, दिपायल, टिकापुर, डडेल्धुरा र बैतडीमा सुपथ मुल्य पसल सञ्चालन गरेको थियो । सहायक महाप्रवन्धक केशव पाण्डेयका अनुसार सुपथ मुल्य पसलमा नुनमा २ र चिनीमा ५ देखी १५ रुपैया सम्म छुट दिईएको छ । डडेल्धुरामा खोलीएको सुपथ मुल्य पसलमा २ हजार २ सय ५० किलो नुन विक्री भएको छ भने ४ हजार २ सय किलो चिनी विक्री भएको छ । यस्तै डोटीमा २ हजार १ सय ९० किलो नुन र २ हजार ६ सय ४ किलो चिनी विक्री भएको छ । तर कञ्चनपुरको बेलौरीमा ३ किलो मात्रै चिनी विक्री भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved