This is a test

सुदूरपश्चिम विश्वविद्यालयको पहिलो दिक्षान्त समारोह : एक सय २० विद्यार्थी दीक्षित

0

महेन्द्रनगर, पुस ३० गते ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट एकसय २० जना विद्यार्थीहरु दीक्षित भएका छन् । उपाधि पाउने २ सय ८२ जना विद्यार्थीहरु मध्ये दीक्षान्त समारोहमा एकसय २० जना विद्यार्थीहरु मात्रै उपस्थित थिए । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति देउवाले स्नातक तह अन्र्तगत बीबीए संकायबाट प्रतिभा भट्ट र स्नातकोत्तर तहबाट जानकी कुमारी विष्टले भाइस चान्सलर पदक प्रदान गर्नुभभयो भने स्नातक तहकै बीबीए संकायबाट निरज थापा र स्नातकोत्तर तहबाट बिष्णुदत्त भट्टले चान्सलर पदक प्राप्त गर्नुभयो ।

यस्तै दीक्षान्त समारोहमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री तथा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षित भएका सबै विद्यार्थीहरुलाई शुभकामना दिदै भविष्यमा जुनसुकै सामाजिक परिस्थितिमा पनि आफ्नो माटोलाई नबिर्सन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शिक्षालाई राष्ट्रको पुँजीको रुपमा हेरिएको बताउँदै सर्वसुलभ शिक्षा राज्यको मूल दायित्व भएको बताउनुभयो ।

स्थापना र यसका लागि सुदूरपश्मिवासीहरुले गरेको पहलले विश्वविद्यालय स्थापना भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयले गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादन गर्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले विश्वविद्यालयको बृद्वि र विकासका लागि आवश्यक सबै सहयोग गर्ने बताउदै उहाँले सरकारले १५ वटा क्याम्पसलाई आंगिक बनाएर ४४४ जनाको दरबन्दी पनि स्वीकृत गरिसकेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमका थप ६ वटा क्याम्पसलाई समेत आंगिक क्याम्पसका रुपमा अघि बढाउन सरकारले स्वीकृती प्रदान गर्ने दाबी गर्नुभयो । दीक्षान्त समारोहमा बोल्दै विश्वविद्यालयका सहकुलपति एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई आफूले प्राप्त गरेको ज्ञान र सिपको उपयोग राष्ट्र निर्माणको लागि लगाउन समेत आग्रह गनुभयो ।

७ वर्षअघि २०६७ असार ३ गते स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हाल तीन हजार ९ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विश्वविद्यालयमा शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र ईन्जिनियरिङ संकाय गरी ५ वटा संकाय सञ्चालनमा रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved