This is a test

सुदूरपश्चिम महोत्सव एक दिन थप

0


दीपक जोशी, धनगढी पुस १० गते ।
धनगढीमा जारी सुदूरपश्चिम महोत्सव एक दिन थपिएको छ । दर्शकहरुको अत्यधिक माग भएका कारण सोमवार समापन हुन लागेको महोत्सव एक दिन थप गरिएको हो । अब मंगलवार समापन हुने आयोजक कैलाली उद्योग बाणीज्य संघले जनाएको छ । दर्शकहरुको अत्यधिक माग र सोमवार सार्वजनिक बिदा पनि भएकोले समापन समारोहमा भिड व्यवस्थापन गर्न गाहे हुने भएकोले कार्यसमितिको बैठकले एक दिन महोत्सव थप गर्ने निर्णय गरेको कैलाली उद्योग बाणीज्य संघका कार्यकारी निर्देशक ज्योती भट्टले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved