This is a test

सुदूरपश्चिम महोत्सवमा १५ करोड बढीको कारोवार

0

धनगढी, पुस १२ गते ।

धनगढीमा जारी ११ औं संस्करणको सुदूरपश्चिम महोत्सव मंगलवार सकिएको छ । एक कार्यक्रमका विच कैलाली निर्वाचन ५ का प्रदेश सभा ख का सांसद डिल्लीराज पन्तले महोत्सवको समापन गर्नुभयो । ११ औ संस्करणको महोत्सवको कैलाली ५ बाट प्रतिनिधि सभामा बिजयी सांसद नारदमुनी रानाले मंसिर २९ गते उद्घाटन गर्नुभएको थियो ।

महोत्सवमा २ सय ५० वटा स्टल राखीएको थियो भने प्रत्येक दिन राष्ट्रीय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । आयोजक कैलाली उद्योग वाणीज्य संघका कोषाध्यक्ष पुष्प कुवरले ५ लाख दर्शकले महोत्सव हेरेको र १५ करोड वढीको कारोवार भएको बताउनुभयो । महोत्सवमा ६० लाख बराबरको टिकट नै विक्री भएको टिकटको जिम्मा लिएको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved