सुदूरपश्चिम महिला जागरण मञ्च र सेती अञ्चल अस्पतालका चिकित्सक द्धारा ४ सय बढी बिरामीको निशुल्क चेक जाँच

0

दीपक जोशी, धनगढी ४ भदौ ।

सुदूरपश्चिम महिला जागरण मञ्च र सेती अञ्चल अस्पतालका चिकित्सक सहित नर्सिङ कर्मचारीको संयुक्त आयोजनामा कैलालीको भजनीका बाढी पिडितहरुका लागि निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । शिविरमा झण्डै साढे चार सय जना बिरामीको चेकजाँचका साथै निशुल्क औषधी बितरण गरिएको महिला जागरण मञ्चकी अध्यक्ष शान्ति सिंह साहीले जानकारी दिनुभयो ।

शिविरमा सेती अञ्चल अस्पतालका डाक्टर प्रतिक्षा सिंह राठोर, कमल राज शर्मा, अशोक श्रीपाईली र राज्य खड्काले बिरामीको चेकजाँच गर्नुभएको थियो । शिबिरमा आएका बिरामीहरुलाई दुई लाख पचास हजार बराबरका औषधी सहित महिलाहरुलाई तिजका अवसरमा चुरापोते समेत बितरण गरिएको जागरण मञ्चकी अध्यक्ष सिंहले जानकारी दिनुभयो । भजनी सहितका बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण फैलीएको समाचारपछि स्वास्थ्य शिबिरको आयोजना गरिएको उहाँले बताउनुभयो । दिनेश एफएमले वाढी प्रभावित क्षेत्रका सरुवा रोगको संक्रमण फैलीएको सम्बन्धी रिर्पाेट प्रसारण गरेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved