This is a test

सुदूरपश्चिम खप्तड गोल्डकपमा आज धरान फुटवल क्लव र संकटा क्लव भिडदै

0

सन्तोष रावत, धनगढी  पुस २३ गते ।

मोफसलको सवार्धिक धनराशी पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आज धरान फुटवल क्लव र संकटा क्लव काठमाडौं खेल्दैछन् । खेल दिउँसो २ बजेपछि धनगढी रंगशालामा सुरु हुनेछ । यसअघि शनिवारको खेलमा विभागीय टीम एपिएफ गोल्डकपको क्वाटरफाईनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहार क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो । पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved