सुदूरपश्चिममा स्काई फोल्डीङ प्रबिधिको सुरुवात

0

दीपक जोशी, धनगढी ३० असोज ।

स्वदेशमा रोजगारी पाईएन भन्दै बिदेस जाने युवाहरुको संख्या तिब्र रुपमा बढीरहेको छ । धेरैले बिदेस गएर धन आर्जन पनि गरेका छन । तर बिदसमा पसिना चुहाएर कमाएको सम्पत्तीको स्वदेशमा सहि सदुपयोग नभएको कुरा पनि बहसमा आउने गरेको छ । तर कतिपय यस्ता युवाहरु पनि छन जो बिदेसमा कमाएको धन मात्रै होईन सिकेको सिप पनि स्वदेशमै खर्च गरेर समाजका लागि उदाहरणीय बनेका छन ।

तिनै कर्मठ युवा मध्येका एक हुन कञ्चनपुरको रैकवार बिचुवाका ज्ञान बहादुर चौधरी । १० बर्ष अघि बिदेस गएका चौधरीले त्यहाँ सिकेको स्काई फोल्डिङ प्रविधिको सिप अहिले रैकवार बिचवा सहित आसपासका वासिन्दाका लागि बरदान सावित भएको छ ।

चौधरीले बिदेसमा सिकेको सिपकै आधारमा मोहना नदिमा स्काई फोल्डीङ पुल निमार्ण गरेपछि अहिले त्यहाँका वासिन्दाहरुलाई पुल मार्फत पैदल यात्रा गर्न, साईकल मोटरसाईकल र अटो रिक्सा गुडाउन कुनै समस्या छैन ।

अहिले स्काई फोल्डीङ प्रविधि मार्फत पहिलो पटक पुल निमार्ण गर्नुभएका चौधरीले बिभिन्न मेला महोत्सव खेलकुद प्रतियोगिताका लागि प्याराफिट निमार्ण, ट्राफिक जाम बढी हुने क्षेत्रमा अस्थाई आकासे पुल सहितका संरचनाहरु पनि निमार्ण गर्ने योजना बनाउनु भएको छ ।

कुराकानी सुन्नुहोस :-

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved