This is a test

सुदूरपश्चिममा भूकम्पको धक्का

0

बैतडी, मंसिर २१ गते ।
सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार राती करिब ९ बजेर ५ मिनेट जाँदा भू्कम्प गएको हो । दार्चुला, डडेलधुरा, बैतडी लगायतका जिल्लाहरूमा भू्कम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।

भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भू्कम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनुभयो । करिब ५ सकेन्डसम्म भुकम्पले जमिन हलाएको थियो भने स्थानीयहरु घर बाहिर निस्किएका थिए । सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको भूगर्भ विभागले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved