This is a test

सुदूरपश्चिमबाट एक लाख राशिको मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई

0

दीपक जोशी, २६ असोज धनगढी ।

सुदूरपश्चिमबाट सर्वाधिक राशिको प्रथम मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि माधव प्रसाद घिमिरलेलाई प्रदान गरिने भएको छ । धनगढीका साहित्यकार तथा महाकाव्यकार मनिराज जोशीको नाममा उहाँका छोरा गोबिन्दराज जोशीले स्थापना गर्नुभएको एक लाख राशीको उक्त पुरष्कार राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने निर्णय भएको हो ।

आयोजक नेपाली साहित्य तथा संस्कृती प्रतिष्ठान गोदावरीले बिहिवार महाकाव्यकार जोशीको ६२ औ जन्मोत्सवका अवसरमा मनिराज बाङ्मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई प्रदान गर्ने घोषणा गरेको हो । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले राष्ट्रकै श्रद्धेय व्यक्तीलाई यो पुरस्कार समपर्ण गर्न पाउदा गौरवको अनुभुति गरेको बताउनुभयो ।

बिहिवार घोषणा गरिएको उक्त पुरस्कार राजधानीमा बिशेष समारोहको आयोजना गरी बितरण गरिने पनि उहाँले जानकारी दिनुभयो । पुरस्कारको श्रष्टा चयनका लागि प्राध्यापक डाक्टर रामचन्द्र भट्टको संयोजकत्वमा साहित्यकार श्रेष्ठ प्रिया पत्थर र प्राध्यापक डिल्लीराज फुलारा सदस्य रहेको तिन सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिको सिफारीस अनुसार राष्ट्रकवि घिमिरे मनिराज बाङ्मय पुरस्कार प्रदान गर्न लागिएको हो ।

आफ्नो जन्मोत्सवका अवसरमा छोरा बुहारीले स्थापना गरेको पुरस्कार राष्ट्रकवि घिमिरेलाई घोषणा गर्न पाउदा आफुलाई निकै खुसी लागेको साहित्यकार मनिराज जोशीले बताउनुभयो । उहाँले यो पुरस्कारले नेपाली साहित्यको विकासमा सुदूरपश्चिमको योगदानलाई अझ उल्लेखनिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved