This is a test

सुदुरपश्चिम खप्तड गोल्डकप : एपिएफ सेमीफाईनलमा

0

सीताराम ओझा, धनगढी पुस २६ गते ।

ससस्त्र प्रहरी बलको एपिएफ क्लव धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । बुधवार धनगढी रंगशालामा भएको क्वाटरफाईनलमा पहिलो संस्करणको उपविजेता संकटा क्लवलाई २–० ले पाखा लगाउँदै गोल्डकपको अन्तिम चारमा पुगेको हो । संकटा अघिल्लो वर्ष फाईनलमा मनाङ मस्याङ्दीसँग १–० ले पराजित भएको थियो ।

यसपाली टोली क्वाटरफाईनलवाटै घर फर्किएको छ । विभागीय टोली एपीएफलाई जिताउन युवा खेलाडी अन्जन विष्ट नायक रहे । ह्याट्रिक गर्नवाट चुमेका उनले दुवै गोल गरे । पहिलो हाफको २३ औँ मिनेटमा गोल गर्दै आफ्नो टीमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका उनले दोस्रो हाफको ८५ औ मिनेटमा व्यक्तीगत दोस्रो गोल थप्दै आफ्नो टीमको जित सुनिश्चित पारे । विष्टले अतिरिक्त समयको पहिलो मिनेटमा ह्याट्रिक गर्ने मौका पाएका थिए ।


तर उनको प्रहार गोलपोष्टको माथिबाट बाहीरीयो । दुई गोल गरेर टिमलाई जिताएका अन्जन विष्ट खप्तड मेडिकल स्टडिज एण्ड हेल्थ साईन्स म्यान अफ द म्याच भए । म्यान अफ द म्याच भएका उनले नगद १० हजार हात पारे । प्रतियोगिता अन्तर्गत बिहीवार अर्को विभागीय टीम नेपाल आर्मी क्लव र थ्री स्टार क्लवले प्रतिस्पर्धा गर्नेछ । वाई पाएर क्वाटरफाईनल पुगेको आर्मी र रमपम झापा ११ लाई ३–१ ले हराएर थ्री स्टारले सेमिफाईनल प्रवेशका लागि एक आपसमा भिड्न लागेका हुन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved