This is a test

सुदुरपश्चिम खप्तड गोल्डकप : रुपन्देही ११ क्वाटरफाईनलमा

0

नवराज पनेरु, धनगढी पौष २५
धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपमा आजको खेलमा विजयी हुदै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ । प्रि क्वाटरफाईनलमा भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खाएको थियो । रुपन्दैही ११ का लागी अमर डङगोलले २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले ६९ औ मिनेटमा तेश्रो गोल गरे ।

भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो । गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाएका थिए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए ।

क्वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसंग भिड्ने छ । बुधवार सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुने छ । माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved