This is a test

सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी आर्मी लाई

0

नवराज पनेरु, धनगढी माघ ०१ गते ।

कैलालीको धनगढीमा भएको सर्वाधीक पुरस्कार राशीको सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । आज धनगढी रंगशालमा भएको फाइनल खेलमा अर्को विभागीय टोली ससस्त्र प्रहरी बलको एपिएफ क्लवलाई पराजीत गर्दै आर्मीले उपाधीमाथी कब्जा जमाएको हो ।

निर्धारीत समयमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउट मार्फत निकालीएको थियो । आर्मीले एपीएफलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजीत गरेको हो । उपाधीसंगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । एपीएफका जर्सी नम्वर १२ का खेलाडी सुदिप सिन्ग्राकारले हानेको प्रहार पोलमा लागेर फर्कीएपछि एपीएफले उप विजेतामा चित्त बुझाउन पर्यो ।

उप विजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ । फाईन खेलका म्यान अफ दी म्याच फाईनल आर्मीका नवयुग श्रेष्ठ भए । निर्धारीत समयको खेलमा दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एक अर्काको डिफेन्स तोड्न नसक्दा निर्धारीत समयमा एउटा पनि गोल नभएको हो । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफलाई अग्रता दिलाउने मौका गुमाएका थिए ।

यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रि किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार पनि अमृतले बचाएका थिए । प्रतियोगीताका आर्मीका कप्तान भरत खवास उत्कृष्ठ खेलाडी हुदै मोटरसाईकल पाए ।

यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राईजीङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख घोषीत भए । तिनै जनाले नगद १५–१५ हजार नगद प्राप्त गरेका छन् ।

अर्को बर्ष पुरुष्कार राषी दोब्बर रहने घोषणा
यस्तै अर्काे बर्ष हुने तेस्रो सुदूरपश्चिम खप्तड गोल्ड कपको पुरस्कार राशी झण्डै दोब्बरले बढाईएको छ । तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख नगद दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले घोषणा गरे ।

यस्तै उपविजेता टोलीको पुरस्कार राशी पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ रहने उनले घोषणा गरे । सुदुरपश्चिम खप्तड गोल्ड कपको पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो भने यस बर्ष ११ लाख ११ हजार ११ सय ११ रुपैया पुरस्कार राशी रहेको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved